नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले भारतको ईशारामा संसद विघटन गरेको दाबी गरेका छन् । प्रचण्डको प्रश्न भारतले भनेर संसद विघटन गर्या हो, सारा जनताले थाहा पाईसके, के भन्नु हुन्छ केपी जी?
काठमाण्डौमा बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रचण्डले विदेशीको मन्त्रका आधारमा संसद विघटन र पार्टी विभाजन गरेको भन्दै ओलीले लोकतन्त्र र संविधानलाई धरापमा पारेको बताए ।
उनले पहिला पनि आफूसगँ ओलीले यदी मैले राजीनामा दिनु पर्यो भनेँ कुर्सी भाँच्छु भन्थे, अहिले संविधानै भाँचे प्रचण्डले भने ।
उनले पहिला भारतले आफूलाई हटाउन खोज्यो भनेर हल्ला गरे, भारतले हटाउन खोज्या हो भने हामीले किन हटाउने भन्ने भयो, अहिले त्यही भारतले भनेर ससद विघटन भयो , प्रचण्डले भने ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने दाबी गर्दै प्रचण्डले यदी त्यसो हुन नसके जनताको आन्दोलनबाट संसद पुनस्थापित हुने बताए ।