भूरुङ्ग तातोपानी खुला

पर्वत÷अन्नपूर्ण पद यात्रा र मुस्ताङ्ग जाने बाटोमा पर्ने म्याग्दी जिल्लाको भुरुङ तातोपानी नुहाउन खुल्ला गरिएको छ । कोभिड–१९को कारण बन्द भएको तातोपानी कुण्ड स्वास्थ्य मापदण्ड पालना हुनेगरी खुल्ला गरिएको व्यवस्थापन समितिले जनाएको छ । विभिन्न रोगको उपचार गर्न सकिने उक्त कुण्ड नुहाउने पर्यटकको लागि निशुल्क गरिएको जनाईएको छ ।


धेरै दिन सम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरीक एसिड, बाथ, ढाड दुख्ने, घुडा दुख्ने, स्किन एलर्जि, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीमा नुहाउने गर्ने गर्दछन् ।
चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरुको उपचारको लागि पनि तातोपानी स्नान गर्न आउने गरेका छन् । म्याग्दी जिल्लामा १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिकतातोपानीका मुहान रहेको बताईन्छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस