बाबुले घरमा आगो लगाउदा जलेर दुई छोराको मुत्यु

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुधेलीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ ।

भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस