प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आजतीन प्रदेशमा बृहत कार्यकर्ता भेला हुँदै छ ।
प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो । यसअघि सोमवार प्रचण्ड नेपाल समूहले प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखिकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिनुभयो । प्रचण्ड–नेपा समूहले बुधबार बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ ।
प्रतिक्रिया दिनुहोस