नेपालमा आज ४८८ जना कोरोना संक्रमित भएका छन् । देशभरका ल्याबमा ५ हजार ३०९ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी आज ५२७ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।
आज कोरोनाबाट १० जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।
अब आईसोलेसनमा सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३७३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस