सूर्यविनायकको एक मासु पसलमा आगलागी

भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्य ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी गराएको छ ।
आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित भोज बहादुर घिसिङको मासु पसलबाट आगलागी सुरु भएको थियो ।

अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् ।

आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको र मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस