नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर एवं एन्फाका पूर्व महासचिव लोकबहादुर शाहीको ६५ वर्षको उमेरमा निधन भएको छ ।
दैलेखमा रहँदै आएका शाहीको हिजो साँझ निधन भएको एन्फाले जनाएको छ । उनको पुख्र्यौली थलो दैलेखमा अन्तिम संस्कार गर्ने तयारी भएको छ । उनी विभिन्न रोगबाट पीडित रहँदै आएका थिए ।
उनले १९८२ देखि ८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस