संसद विघटनको विरोधमा अनेरास्ववियूले बयलगाडा जुलुससहित प्रदर्शन

संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाडासहित प्रदर्शन गरेको हो ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए थिए ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउछौं भन्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको, तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्रको उपलब्धीलाई संकटमा पार्ने गरी संसद विघटन गरेकाले त्यसको विरोधमा बयलगाडासहित प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

थापाथली क्याम्पसबाट बयलगाडासहित विद्यार्थीहरु सडकमा आउनासाथ प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो ।

प्रतिक्रिया दिनुहोस