महाशिलामा सहकारीबिच अन्र्तक्रिया

पर्वत÷पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेका सहकारीबिच अन्र्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएकोछ । महाशिला गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा महाशिलामा रहेका सहकारीहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सहकारीको माध्यमबाट आयआर्जन वृद्धिगर्ने तथा रोजगारी सृजनागर्न सहजहुनेगरेपछि सहकारीको महत्वबढ्दै गएको छ ।


महाशिला गाउँपालिकाले सहकारीमार्फत गरिएका कामलाई मध्येनगर गरेर सहयोग गर्ने गरेको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले जनाएका छन् ।
महाशिलाका २१ सहकारी मध्ये अधिकांश सहकारीको उपस्थिती रहेको महाशिला गाउँपालिकाका सहकार िसाखाका प्रमुख रामजी रेग्मीले बताए । महाशिला गाउँपालिकाले दुध ढुवानी, पशुकृषि, तथा ब्याज अनुदानमा सहयोग गरेको रेग्मीले जनाए ।

प्रतिक्रिया दिनुहोस