आज २५९ जना कोरोना संक्रमित, ५३१ जनाको डिस्चार्ज, ५ जनाको मृत्यु

नेपालमा आज २५९ जना कोरोना संक्रमित भएका छन् । हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ ।

आज ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ ।

आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएमो छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस