आज ५५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने १९०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ५ हजार २१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५६१ जनाको होम आइसोलेसनमा छन् भने १८२ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस