सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

नेकपा विभाजन भएपछि केपी शर्मा ओली समूहमा लागेका बोहोराले पत्रकार सम्मेलन नै गरेर राजीनामाको घोषणा गरेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अन्य सबै प्रचण्ड–माधव समूहमा छन् ।

प्रतिक्रिया दिनुहोस