प्रवासी नेपाली एकता मंच समबन्य समिति द्धारा प्रबासमा रहेका नेता,कार्यक्रता तथा नेपाली श्रमजीबी हरुसंगअन्तरक्रिया सम्पन्न !

आयोजित भर्जुअल अन्र्तक्रिया कार्यक्रममा  नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष कमरेड माधव नेपाल, वरिष्ठनेताहरु भिम रावल र वर्षमान पुनको उपस्थिति

नेपाल कम्युनिस्ट पार्टीको प्रबास सगठन नेपाली एकता मञ्च समबन्य  कमिटीको आयोजनामा पार्टी अध्यक्ष कमरेड माधवकुमार  नेपाल तथा स्थाई कमिटि सदस्य कमरेड भीमबहादुर रावल तथा बर्षमान पुन संग  जुम भर्जुअल बाट प्रबास मा  रहेका नेता ,कार्यक्रता तथा प्रबास मा रहेका श्रमजीवी नेपाली हरु सग कार्यक्रम गरेको  छ |

मातृभुमि नेपालमा अप्रत्यासितरुपमा  नेकपाभित्र विकसित भईरहेको राजनितिक समसामयीक विषयमा  रहेर प्रवासी नेपाली एकता मञ्च  समबन्य समितिका अध्यक्ष  युवराज चौलागाईको अध्यक्षतामा र कार्यक्रम संचालन  प्रवास विभाग  सचिव श्रीप्रसाद शाहले गर्नु भएको थियो |

  आयोजित भर्जुअल अन्र्तक्रिया कार्यक्रममा  नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष कमरेड माधव नेपाल, वरिष्ठनेताहरु भिम रावल र वर्षमान पुनले सो भर्जुअल बैठकलाई संबोधनगर्दै ओलीको संसद विघटनजस्तो असंबैधानिक कदम देश र जनताको हितमा नरहेको बताएका थिए  |

३ जनवरी २०२१ बेलुकी ५ बजे सुरु भएको बैठकमा प्रवासमा रहेका ४५६ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो  जसालाई  बुद्ध संदेश अन लाइन मिडिया , तामांग अन लाइन मिडिया तथा युरोप बाट संचालित अन लाइन मिडिया हरुले लाइभ प्रशारण गरेका थिए जसलाई देश तथा बिदेशबाट एक लाख एघार हजार भन्दा बढी नेपाली जनसमुदायले उत्साह पुर्बक हेरी रहेका थिए  |

कार्यक्रमका सम्पुर्ण बक्त्ता हरुले   प्रधानमन्त्री केपी शर्कोमा ओलीको   गलत कदमले  आम तिन करोड नेपाली जनताको बिश्वास लाइ लताउदै  असंबैधानिक संकट निम्ताएको विरोधमा सहभागी हुन आग्रह गर्नु भो | अन्तमा उपस्थित सम्पुर्ण लाइ आभार प्रकट गर्दै अध्यक्ष युवराज चौलागाइ को आज्ञाले सचिव श्रीप्रसाद शाहले  सो कार्यक्रम लाई अन्त गर्नु भएको थियो |

प्रतिक्रिया दिनुहोस