अखिल नेपाल फुटबल संघ अन्तर्गत रहेको रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारले पदबाट राजीनामा दिएका छन् ।
सिख्राकारले मंगलबार राजीनामा पत्र बुझाएर जानकारी गराएका छन् ।
रेफ्रीको प्रोत्साहनका लागि पहलकदमी नभएको, उत्कृष्ट र सिनियर रेफ्रीहरुलाई अपमान ढंगले पाखा लगाउने कार्य भएको र सल्लाह बिना एकलौटी निर्णय भएको भन्दै राजीनामा बुझाएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस