प्रवासमा प्रचण्डनेपाल पक्ष बलियो

 प्रवासी नेपालीहरुको नेकपा निकट संगठन प्रवासी नेपाली एकता मञ्च भित्र प्रचण्ड नेपाल पक्ष बलियो देखिएको छ ।
प्रचण्डनेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नेपालको संसद् विघटन घोषणाको विरोधको विरोध गरेका छन् । ३९ देशका मुलुकमा रहेका प्रवासी नेपाली एकता मञ्चले सोमबार एक वक्तव्य जारी गर्दै संसद विघटनको निर्णयले लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना विपरित भएको जनाएका छन् ।
विज्ञप्ती जारी गर्ने प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई, सचिव केसव ठकुरी, युएईका अध्यक्ष बाबुराम विश्वकर्मा, बहराइन सचिव नारायणरपाल विश्वकर्मा, ओमानका अध्यक्ष उमेश विक, इजरायलका सचिव अनिरुद्र जोशी सुवेदी, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य,सचिव सागर पोखरेल, स्विजरल्यान्डका अध्यक्ष अच्युतप्रसाद फुयाल, जापानका अध्यक्ष हवलचन्द्र लामा, अष्ट्रियाका अध्यक्ष उदयराज गौतम सचिव रविचन्द्र भट्टराई, डेनमार्कका अध्यक्ष उदयराज गौतम, कतारका सचिव मोहन कार्की, साउदी अरबका अध्यक्ष शिवराज जैसी, सचिव राजु खनाल, लगायतका मुलुकस्थित प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष एवम् सचिवहरुको नाममा वक्तव्य जारी गरिएको छ । संयुक्त वक्तव्य जारी गर्नेमा आयरल्यान्डका अध्यक्ष शुकमान लामा, कोरियाका अध्यक्ष दिलिप धिताल, बेल्जियमका अध्यक्ष जीतबहादुर लामा, स्पेनका सचिव अशोककिरण न्यौपाने, नर्वेका सचिव सन्तोष भण्डारी, अमेरिका सचिव प्रकाश अधिकारी कुवेतका सचिव मुनु भुजेल, हङकङका अध्यक्ष जेबी ओखबु, मकाउका सचिव मनोज कुमार धामी, अष्ट्रेलियाका सचिव प्रविण कडेल, स्वीडेनका अध्यक्ष मदन ढकाल, रशियाका अध्यक्ष डा मनमुर्ति भुर्तेल, सचिव ईन्द्रप्रसाद भुसाल जर्मनी, फ्रान्सका सचिव सुमन पौडेल, मलेसियाका अध्यक्ष रमेश प्रसाद तिवारी, सचिव दयाराम कुमाल, इटालीका सचिव हरिभक्त काराखेती भारतका लोकराज भण्डारी लगायतका रहेका छन् । उनीहरुले वक्तव्यमा प्रधानमन्त्रीको कदम असंवैधानिककदमले मुलक अस्थिरतातिर जाने र जनताहरुले दुख पाउने बताइएका हुन् । विज्ञप्तीका अनुसार जनताको चाहनाविपरीत रहेको ठहर गर्दै भनिएको छ, ‘देश कोरोनाको कहरबाट गुज्रिरहेकोमा जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारबाट आएको यो निर्णय गलत छ । झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु उठाउने आम जनताको आशा रहेपनि सरकारले शुरुदेखि नै त्यस दिशामा काम गर्न नसकेको ठहर प्रवासस्थित कार्यकर्ताहरुको छ । अझैपनि सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन हामी आग्रह समेत आग्रह गरेका छन् ।
 
 
 

 

 
प्रतिक्रिया दिनुहोस