पर्यटकिय घोरेपानीका होटल खुला

पर्वत, १ पुस– कोरोना भाईरस कोभिड–१९को जोखिमका कारण बन्द म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल बुधार देखि खुलेका छन् । नौ महिनादेखि बन्द भएका होटल रेष्टुरेन्टहरु मापदण्ड अपनाई संचालन ल्याएको पर्यटक व्यवसायीहरुले बताएका छन् ।


रमणिय दृश्यका लागि आन्तरिक तथा बाह्य पर्यटककालागि घारेपानी आर्कषणको केन्द्र रहेको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका मगरसंस्कृती नाच तथा वन्यजन्य जडीबुटी तथा पशुपंछीको पनि अध्ययनगर्न सकिने गरेको छ ।


कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिखलगायत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्न सकिन्छ ।


कोरोना भाईरस कोभिड–१९को जोखिमका कारण बन्द होटलहरु आन्तरिक तथा बाह्य पर्यटकका लागि खल्ला गरिएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस