नेपाल टेलिकमको पोस्टपेड फोनमा समस्या

नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान-वे) भएको छ ।

करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् । 

नेपाल टेलिकमका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

प्रतिक्रिया दिनुहोस