परदेशी युवाद्धारा स्वदेशी वृद्धवृद्धालाई न्यानो कपडा वितरण

पर्वत÷परदेशमा रहेर रोजगारी गर्दै आएका कुनपा–९ कटुवाचौपारीका युवा सागर पौडेलले आफ्ना स्वर्गिय माता राधा पौडेलको सम्झनामा मोदिवेदी दिव्यधामका वृद्धवृद्धाहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।


सोमबार आफ्ना बुबा हरिश्चन्द्र पौडेल मार्फत मोदिवेनी दिव्यधाममा रहेका १४ वृद्धवृद्धाहरुलाई न्यानो कपडा र नगद वितरण गरेका हुन् ।
करिब १४ हजार बराबरको रकमबाट वृद्धवृद्धाका लागि न्यानाे खास्टा वितरण गरेका थिए । न्यानो खास्टाहरु पाएपछि वृद्धवृद्धाहरु खुसी भएका छन् । जाडोमा न्याना खास्टा पाएपछि खुसी प्रदान गर्ने हरिश्चन्द्रका छोरा सागर पौडेललाई धन्यवाद तथा अभार व्यक्त गरेका छन् ।


केहि भएपनि आफ्नो  कमाईको  खर्च कटाएर आमाको नाममा वृद्धवृद्धालाई दिन पाउँदा आनन्दको महशुस भएको दुवहीमा रहेका सागर पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस