अनिरुद्र जोशी सुवदी, ईजरायल डेष्क÷चितवन ईजरायल समाजद्धारा चितवन जिल्ला रत्ननगर न. पा ७ स्थित मालपुरका मुसहरबस्तीका चालिस घरधुरीलाई खाद्यन्न सहयोग वितरण गरिएको छ । ज्यालामजदुरीगरिखाने सो बास्तीका बासिन्दामा खाद्यन्न सहयोगपछि सो बस्तीका बासिन्दाको मुहारमा खुसीयाली छाएको छ ।
प्रमुख अतिथि सोहि वडाका कार्यवहाक अध्यक्ष सेना चौधरीले चितवन समाज इजरायलका अध्यक्ष नयन सापकोटा कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु लगायत सम्पूर्ण सहयोगी मानुभावहरुलाई विशेष आभार प्रकट गरेकी गरेका छन् ।
वडाकी महिला सदस्य भगवती माझीले चितवन समाज इजरायल द्धारा वितरण गरिएको खाद्यान्न समाग्रीले केहि हतसम्म यहाँ वसोवासगर्ने ४० घरधुरीका मुसहर परिवारलाई यो महामारिको समयमा निकै राहत मिलेको बताईन् ।
राहत बितरण कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति अधिकारी राहतवितरणमा सहयोगगर्ने सबैमा धन्यवाद व्यक्तगर्दै सहयोगले केहिहदसम्म भएपनि राहतमिल्ने बताए ।
कार्यक्रममा चितवन समाज इजराल सस्थापक, संरक्षक तथा प्रबास महिला संयोजक सरिस्मा वरालले मुसहर वस्तीमा वरोवासगर्ने स्थानियलाई खाद्यान्न केहि समयलाई मात्र पुग्ने भएकाले राज्यस्तरवाटै आयआर्जन गर्ने सिपमुलक सिप दिएर आफैं आत्मनिर्भर वनाउने पर्छ भन्ने आफ्नो धारणा राख्र्दै खाद्याय सामग्रीले यस समुदायलाई केहि राहत पुग्ने विश्वास व्यक्त गरेकी थिईन् ।
सस्थाका अध्यक्ष मुक्ति प्रसाद अधिकारी सभापत्तिवमा भएको कार्यक्रममा प्रमुख अतिथि सोहि वडाका कार्यवहाक अध्यक्ष सेना चौधरी, वडा सचिव श्री पदमराज सापकोटा , वडा सदस्य भगवती माझी र चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालकी महिला संयोजक सरिष्मा वराल सस्थाका कार्यसमितिपदाधिकारी, आजिवन सदस्य र त्यस वस्तिका वासिन्दाहरुको उपस्थित रहेको थियो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सामाजिक अभियन्ताहरुलाई चितवन ईजरायल समाजले हार्दिक आभार प्रकट गरेको संस्थाका महासचिव मोहन बस्नेतले जनाएका छन् ।
यसैगरी चितवन समाज इजरायलको कार्यसमितिले संकलित गरेको सहयोग रकमबाट कोभिड–१९ बाट प्रभाबित चेपाङ बस्तिमा खाद्यान्न बितरणगरिएको चितवन समाज इजराल सस्थापक, संरक्षक तथा प्रबास महिला संयोजक सरिस्मा वरालले जानाकारी दिएकी छिन् ।