संरक्षित दुर्लभ किङ्ग कोभ्रा हराएपछि…

कुश्मानगरपालिका–९, कटुवाचौपारीमा भेटिएको पोथी किङ्ग कोभ्रा हराएको छ । फुल सेकेर बसेको अवस्थामा भेटिएको दुर्लभ किङ्गकोभ्रा अठारवटा अण्डाका खोक्रा छोडेर हिडेको स्थानियबासीले बताएका छन् ।


‘यता गयो उता गयो थाहै भएन,’ स्थानिय सन्तोष लामिछानेले भने, ‘अठारवटा अण्डाका खोक्रा छोडेर गएको छ ।’ अण्डाका खोक्रा देखेपछि ती अण्डाबाट बच्चासहित जंगलतिर गएको अनुमान स्थानियबासीको रहेको छ ।
यहिगए असारमा भेटिएको किङ्गकोभ्रा सर्पहरुको राजा मानिने गर्दछ । अलपेश्वर गुफा नजिकैको वनमा भेटिएपछि हेर्नेको भिड लाग्ने गरेको थियो ।
सालका सेउलाभित्र फुलहरु सेकिरहेको अवस्थामा पोथी किङ्ग कोभ्रा भेटिएको थियो । स्थानियले अनौठो, ठुलो सर्प बसेको देखेपछि पोखरास्थित अन्नपूर्ण संरक्षण क्षेत्र, सर्प विज्ञ, जिल्ला बनकार्यालयको टोली कटुवाचौपारीमा आएको थियो ।
दुर्लभ किङ्गकोभ्रा अण्डासेकेर बसेको अवस्थामा देखेपछि अंन्नपूर्ण संरक्षण क्षेत्र, सर्प विज्ञ, वनकार्यालयको टोलीले क्यामरा जडानगरि काँडेतार लगाएर गएको थियो ।
केहि समय अगाडी किङ्ग कोभ्रा भएको अन्नपुर्ण संरक्षण केन्द्रले दावी गरेको थियो । विज्ञहरुले दुर्लभ किङ्ग कोभ्राको संरक्षणगर्नुपर्ने भन्दै किङ्ग कोभ्राको बारेमा जानाकारी गराएका थिए । यसको खानामा मुख्यतया अन्य सर्पहरू मुसा सर्प, सानो अजिंगर, र अन्य विषालु सर्पहरू भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस