काठमाण्डौं,संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागू पदार्थको सुचीबाट हटाएको छ । जुन प्रस्तावको पक्षमा नेपालले समेत मतदान गरेको छ । बरु गाँजादाई औषधीजन्य वनस्पतिको सूचीमा राखिएको छ ।
भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत दिएका थिए । अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत देशले पनि पक्षमा मतदान गरेका छन्। जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए। युक्रेन मतदानमा अनुपस्थित रहेको थियो ।
राष्ट्रसंघको सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१ु अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो। पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ।
नेपालमा पनि शुरुमा गाँजा उत्पादन र बिक्री हुने गर्दथ्यो । सन् १९६१ मा लागुऔषध ऐन जारी भए पछि नेपालमा गाँजा उत्पादन तथा आयात निर्यातमा बिक्री वितरणमा कडाई शुरु भएको थियो ।
राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि गैर कानुनी लागू औषधको रुपमा कार्बाही हुन थाल्यो । नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलो पटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो । प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका थिए। गाँजा खेती, उत्पादन र बिक्री वितरण गर्न पाउदा नेपालीले ठूलो आर्थिक लाभ लिन सक्ने पक्षमा तर्क हुँदै आएको छ ।