काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड विप्लवप्रति नरम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
‘समकालीन राजनीतिका कतिपय विषयमा तपाईंको दोहोरो, अस्पष्ट र अन्यौलग्रस्त विचारले म घरिघरि चिन्तित हुन्छु’, ओलीले शनिबारको सचिवालय बैठकमा पेश गरेको आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो । कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ?’
व्यक्तिगत रुपमा विप्लवप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको भन्दै ओलीले हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने बताएका छन् । तर अब पनि समाजमा हिंसा भइरहे त्यो किमार्थ स्वीकार्य नहुने आफ्नो सरकारको स्पष्ट दृष्टिकोण रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस