प्रचण्ड प्रस्ताब आरोपपत्र र सत्तास्वार्थ होईन– सुदिप कुँवर, नेकपा नेता

पर्वत÷नेकपा नेता एवं पर्वतका सचिव सुदिप कुँवरले नेकपा कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव आरोपत्र र सत्तास्वार्थ नभएको बताएका छन् । नेकपा नेता कुँवरले सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्र वा सत्ता स्वार्थसँग जोडेर हेर्नू कमजोर राजनैतिक मानसिकताको उपज भएको बताएका हुन् ।


नेकपा भित्रको चुलिँदै गएको बेला नेता कुँंवरले चुनावमा जाँदा जनताको विचमा गरिएको प्रतिबद्धता , राजनैतिक कार्यदिशा सम्बन्धि जनताको जनवादको अन्तर वस्तु , पार्टीको राजनैनिक कार्यक्रम वैठकका निणय कार्यन्यन वारे, संगठानात्मक सिद्धान्त विधि प्रद्द्ति ,पार्टी एकता सम्वन्धी वुझाईमा देखा परेका गम्भीर सिमा र कमजोरी को उजागर भएको सामाजिक सञ्जाल मार्फत दावी गरेका छन् ।
पार्टी सरकार र नेतृत्व मा देखा परेका गम्भीर समस्या लाई आत्म समीक्षा,आत्मलोचना, सहितको त्याग गरि पार्टी लाई थप सुदृढ र एकताबद्ध वनाउनु पर्नेमा जोड दिएका छन् । हिजो भएको सचिवालय वैठकमा अध्यक्ष केपि शर्मा ओलीले अर्को प्रस्ताव ल्याउने राम्रो निणय भएकोले अबको बहसलाई व्यवस्थित बन्नेमा विश्वास गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस