काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै उनले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्नेमा जोड दिए ।
मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस