दशैंमा सुहाना थापा

  

 काठमाडाैं, नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । साथै, आफ्नै घरमा परिवारसँग उनले टिका लगाइन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् ।

कोरोना भाइरसका कारण यसपटक कलाकारहरुले दशैंको टिका परिवारमा मात्र सिमित गरेका थिए । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन नायिका थापाले घटस्थापनाबाट सुरु गरेकी थिइन् । फूलपातीपछि केही दिनका लागि चलचित्रको काम रोकिएको छ ।


चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि चर्चामा आएकी नायिका थापा चलचित्र ‘ए मेरो हजुर ४’बाट पनि दर्शकको माया पाउने अपेक्षा व्यक्त गर्छिन् ।

तस्वीरः सुहाना र झरना थापाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस