मिलन नेवार र राजनराज सिवाकोटीको ‘ताल्चा लगाउ’ सार्वजनिक (भिडियो सहित)

 काठमाडौं,

गायिका मिलन नेवार र संगीतकार तथा गीतकार राजनराज सिवाकोटीको आवजमा रहेको गीत ‘ताल्चा लगाउ’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युव च्यानल देवीथानबाट शुक्रबार उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो । उक्त गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा संगीत रहेको छ ।

निकै मार्मिक र मनछुने शब्दले भरिपूर्ण उक्त गीतले दर्शक र स्रोताको मन जित्ने अपेक्षा गरिएको छ । मिलन नेवार आफैंमा स्थापित गायिका हुन् भने राजनराज पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई एकपछि अर्को हिट गीत दिएका सर्जक हुन् ।

यी दुईको स्वर तथा शब्द संगीतमा बनेको ‘ताल्चा लगाउ’ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ ।

दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस