इजरायल, जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (नेसो) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन राष्ट्रिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजित ‘जुम भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम २०७७’ कार्यक्रम गर्ने भएको छ ।
प्रमुख अतिथि लिला सिटौला र विशिष्ठ अतिथि विष्णु भट्टराई रहनुहुने जुम भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रममा ईस्वी संवत २०२० अक्टुवर १८ को दिन इजराइली समय अनुसार २ बजे र नेपाली समय अनुसार २ः४५ बजे हुन लागेको हो ।
कार्यक्रममा राष्ट्रिय चाड पर्वहरु बडा दशै तिहार, नेपाल संवत् ११४० कौला २, म्वः नि नख, न्हुु स्वन्ति नख, न्हु दया भिन्तुना, छठ एलेत्ड्बे ५०८० बलिहाङ तड्नाम, चासोक तड्नाम, माघे संक्रान्ति, उधौली पर्व उभौली पर्व, तमु ल्होछार ,सोनाम ल्होछार, ग्याल्पो ल्होसारको पावन अवसरमा देश विदेश तथा इजराइलका समस्त आम नेपाली दाजु भाइ तथा दिदीबहीनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ने जनाइएको छ ।
‘सबै नेपालीको पहिचान, हाम्रो सम्मान’ भन्ने मुख्य नाराका साथ आम नेपालीहरु विचको विविधतामा एकता, भाइचारा, सामाजिक सदभाव र धार्मिक सहिष्णुतालाई कायम गरि सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य र उदेश्यले विगत ईस्वि सम्बत २०१७ देखि सुरु गर्दै आइरहेको छ ।