पहिरोले धेरै क्षति पुग्दा पनि राज्य मौन, सरकार राहत बाँडेर सस्तो लोकप्रियतामा कमाउँदै

काठमाडौं, सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्।

उपसचिव मुरारी अवस्थी भूकम्पले थिलथिलो भएको ठाउँमा जथाभावी डोजरको प्रयोग गरेर विकास निर्माण गर्दा क्षति बढी भएको देखिएको बताउँछन्। ‘स्थानीय तहको विकास र त्यसको भूजटिलताबीच तादात्म्य मिलेन। विकासका संरचना विपद्मैत्री भएनन्। त्यसैले धेरै क्षति भयो’, मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका इन्चार्ज अवस्थी भन्छन्, ‘भवन र सडक निर्माण गर्दा मापदण्डको ख्याल नगर्दा पनि धेरै घटना भएको हो।’

उनका अनुसार भिरालो र जोखिमयुक्त ठाउँमा बस्ती भएकाले क्षति धेरै भएको हो। ‘मनसुन कम हुने समयमा बाढीपहिरोका ठूला–ठूला घटना भएका छन्। कम हुन्छ भनेको अझ बढिरहेको छ’, उनी भन्छन्। सिन्धुपाल्चोकको बाह्रबिसे र बागलुङका पछिल्ला घटना अप्रत्याशित रहेको उनी बताउँछन्।

सिन्धुपाल्चोकका भोटेकोसी र बाह्रबिसेमा असार २५ गते पहिरोले ४ जनाको मृत्यु भएको थियो। भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका ५ जनाले ज्यान गुमाए। मेलम्चीमा साउन १९ गते पहिरोमै १० को मृत्यु भयो भने १ जना घाइते भए। जुगल–२ लिदीमा साउन ३० गते आएको पहिरोमा सबैभन्दा बढी क्षति भयो। त्यहाँ ३७ जनाले ज्यान गुमाए भने २ बेपत्ता छन्।

पहिरोले यो वर्ष ५१ जिल्लामा मानवीय क्षति भएको छ। हालसम्म ३ सय १४ जनाको मृत्यु भएको छ। १ सय ११ जना बेपत्ता छन्। १ सय ६० जना घाइते छन्। घाइतेमध्ये अधिकांश उपचारपछि फिर्ता भएका छन्। घटना भइरहेकाले धनजनको क्षतिको यकिन विवरण संकलन भइनसकेको अवस्थी सुनाउँछन्। मुलुकमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ६७ जनाको मृत्यु भएको छ। ४४ जना बेपत्ता छन् भने ९ घाइते।

२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, रसुवा, दोलखा, धादिङ, गोरखालगायत जिल्ला बढी प्रभावित भए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनपछि मात्रै भूकम्प प्रभावित जिल्लाको भौगर्भिक अध्ययन गरियो। भूकम्प प्रभावित १४ जिल्लाका १ हजार १ सय ३ ठाउँको भौगर्भिक अध्ययन २०७४ सालमा गरिएको थियो। जसमा ६ सयभन्दा बढी जोखिमपूर्ण पाइएको थियो। जसमा सिन्धुपाल्चोकका मात्रै ३ सय ३७ बस्ती परेका थिए। २ सय ९० बस्ती त स्थानान्तरण हुनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

तर, त्यो अध्ययन विस्तृत नभएको भूगर्भविद् प्रा. डा. नरेन्द्रराज खनाल बताउँछन्। ‘तत्काल अलिअलि अध्ययन गरियो। विस्तृत रूपमा अध्ययन गर्ने प्रणाली नै बनेन’, प्रा। डा। खनाल भन्छन्, ‘भूकम्पले गाउँ–गाउँमा चिराचिरा बनाएको थियो। हरेक वर्ष अध्ययन गरिनुपथ्र्यो। त्यो नगर्नुको परिणाम यो वर्ष देखियो।’ पहिरोले यो वर्ष यति धेरै क्षति पुग्दा पनि राज्यको ध्यान नगएको उनको भनाइ छ। सरकार राहत बाँडेर सस्तो लोकप्रियतामा मात्रै लागेको उनी बताउँछन्।

अर्का विज्ञ प्रा. डा. तारानिधि भट्टराई बाढीपहिरोको अध्ययन नहुँदा जोखिम प्रत्येक वर्ष बढ्दो रहेको बताउँछन्। ‘पहिरोका ठूलाठूला घटना भइरहेका छन्। सरकारका उच्च पदस्थ पदाधिकारी घटनास्थलमा जान्छन्। राहत बाँड्छन्। तर, पहिरो कसरी गयो रु यसरी यो वर्ष यति धेरै किन पहिरो गइरहेको छ रु यतातिर सरकारको ध्यान गएजस्तो लाग्दैन’, उनी भन्छन्, ‘होइन भने सरकारले राहत बाँड्न जाँदा विज्ञको टोली पनि लिएर जानुपथ्र्यो। मन्त्री राहत बाँड्थे, विज्ञले त्यो पहिरो कसरी गयो भनेर अध्ययन गर्थे। त्यहाँबाट पाठ सिकेर अन्य पहाडी भागका बासिन्दा सचेत गराउन सजिलो हुन्थ्यो। सरकारलाई अन्य ठाउँमा घटना हुन नदिन योजना बनाउन सजिलो हुन्थ्यो।’ यस्तो चलन अन्तर्राष्ट्रिय स्तरमा रहेको उनी सुनाउँछन्।

भूकम्पका बेला नै दीर्घकालीन रूपमा अध्ययनको थालनी नगरेर राज्य चुकेको उनको ठहर छ। ‘राहत, क्षतिपूर्ति, पुनःस्थापनाका साथै अध्ययनलाई ध्यान दिनुपथ्र्यो। आज त्यसकै परिणाम भोग्नु परिरहेको छ’, उनी भन्छन्।

लिदी, भीरखर्क र नागपुजे पहिरो एकै प्रकृतिको रहेको प्रा. डा. खनालको भनाइ छ। ‘भूकम्पको बेला म गएको थिएँ। त्यहाँ जमिन छियाँछियाँ थियो’, उनी भन्छन्, ‘भूकम्पको असर र यो वर्षको अत्यधिक वर्षाले नै त्यो क्षति भएको हुनुपर्छ।’

योजना बिनाका विकास निर्माण, अतिवृष्टिलगायत कारणले धेरै पहिरोका घटना भएको प्रा. डा. भट्टराईको अनुमान छ। तर, सम्बन्धित स्थानमा गएर अध्ययन, अनुसन्धान नगरेकाले ठ्याक्कै कारण भन्ने अवस्था छैन्’, उनी भन्छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। अरूलाई प्रभावित गर्ने तपाईंको क्षमताले फाइदा पुर्याउनेछ। कठिन प्रयास गर्नुहोस्, तपाईं निश्चित भाग्यमानी हुनुहुन्छ किनकि आज तपाईंको दिन हो। दिवास्वप्नले तपाईंको पतन हुनेछ - आफ्नो काम गर्न अरूलाई नभन्नुहोस्। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
असुविधाले तपाईंको मानसिक शान्तिमा बाधा दिन सक्छ तर एउटा मित्र तपाईंको समस्या समाधान गर्न अत्यन्तै उपयोगी हुनेछ। तनाउ हटाउन केही मन्द संगीत सुन्नुहोस्। तपाईंले धेरै अनपेक्षित स्रोतहरूको मार्फत कमाउने सम्भावना छ। परिवारका सदस्यहरूले तपाईंका दृष्टिकोणको समर्थन गर्नेछन्। व्यक्तिगत निर्देशनले तपाईंको सम्बन्ध सुधार हुनेछ। कठिन मेहनत र उपयुक्त प्रयासले राम्रो परिणाम र पुरस्कार प्राप्त गराउनेछ। सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन। आफ्नो जोडीले आज तपाईंलाई खुसी बनाउने प्रयास गर्नेछन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
एउटा मित्रको नराम्रो व्यवहारले तपाईंलाई अपमान महसुस हुन सक्छ। तर आफुलाई शान्त राख्ने प्रयास गर्नुहोस्। तपाईंलाई यसले दुःख नदेओस भन्नको लागि बरू जोगिने प्रयास गर्नुहोस्। यस दिनलाई सुखद र सुन्दर दिन बनाउन तपाईंको घरमा अतिथिहरू आउनेछन्। आफ्नो बोलीको नियन्त्रण गर्ने प्रयास गर्नुहोस् किनकि तपाईंका कठोर शब्दले अशान्ति फैलाउँछ र आफ्नी प्रियतमासँगको सम्बन्ध बिग्रिन्छ। तपाईंले राम्रो आदर दिन सक्नुहुँदैन भने कुनै पनि प्रतिबद्धता नगर्नुहोस्। आज खर्चको कारण आफ्नो जीवनसाथीसँग तपाईंको सम्बन्ध बिग्रिन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। तपाईंले आजको खाली समयको लाभ लिनुहोस् र परिवारका सदस्यहरुसँग प्यारो समय खर्च गर्नुहोस्। गोप्य कार्यहरूले तपाईंको प्रतिष्ठा बिगार्न सक्छ। मालिकको राम्रो मुडले काममा सम्पूर्ण वातावरण कर्ममय बनाउन सक्छ। तपाईंको जोडीले छिमेकीमा सुनेको कुरालाई लिएर मुद्दा बनाउन सक्छन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंले आफ्ना वरिपरिका मानिसहरू अत्यधिक माग गर्ने पाउनुहुनेछ - तपाईंले गर्न सक्ने भन्दा बढीको प्रतिज्ञा नगर्नुहोस् - र अरूलाई खुसी पार्नको लागि आफुलाई गलाउन जोड नदिनुहोस्। अनुमानले लाभ हुनेछ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। साँझको लागि विशेष केहि योजना बनाउनुहोस् र यसलाई सकेसम्म रोमान्टिक बनाउने प्रयास गर्नुहोस्। नयाँ कुरा सिक्ने तपाईंको प्रतिभा उल्लेखनीय हुनेछ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको ऊर्जा स्तर उच्च हुनेछ र रोकिएका कार्यहरू पूरा गर्न यसको प्रयोग गर्नुपर्छ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट नगर्नुहोस्। प्रतियोगिता आएको हुनाले कार्य तालिका व्यस्त हुनेछ। वैवाहिक जीवनको एउटा कठिन चरण पछि, तपाईंले आज रमाइलो दिन पाउनु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। आफ्नी प्रियतमासंगको तपाईंको लापरवाह व्यवहारले घरमा परेशानी ल्याउन सक्छ। महत्त्वपूर्ण मान्छेहरूसँग बातचीत गर्दा आफ्ना कान र आँखा खुल्ला राख्नुहोस् - किनकि तपाईंले एउटा मूल्यवान टिप पाउन सक्नुहुन्छ। तपाईं आज यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो सामानको अतिरिक्त हेरचाह गर्न आवश्यक छ। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। आज तपाईंको बाटोमा आउने नयाँ लगानीका अवसरको अन्वेषण गर्नुहोस् - तर यी परियोजनाहरूको समर्थता अध्ययन गरेर मात्र प्रतिबद्ध हुनुहोस्। अनपेक्षित जिम्मेवारीले तपाईंको दिनको योजना विग्रिनेछ - तपाईंले आफैलाई अरूलाई धेरै र आफ्नो लागि कम गरिरहेको पाउनुहुनेछ। आज केही प्राकृतिक सौन्दर्यद्वारा तपाईं चकाचौंद हुने सम्भावना छ। "आज तपाईंले प्राप्त गरेको ज्ञानले साथीहरूसँग सामना गर्न तपाईंलाई सहारा दिन सक्छ।" तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ। तपाईंले छोराछोरी वा तपाईं भन्दा कम अनुभवीहरूसँग धैर्य धारण गर्नुपर्छ। तपाईंले उनीलाई पर्याप्त ध्यान दिनुभएन भने प्रेमी दुखी हुनेछन्। आज काममा तपाईंका टीमको सबैभन्दा रिसालु व्यक्ति अचानक बौद्धिक बन्न सक्छ। तपाईं आफ्नो जीवनसाथीको बकबकले झर्किन सक्नु हुनेछ - तर उनले तपाईंको लागि साँच्चै नै महान कार्य गर्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तेल र मसालादार आहार नगर्नुहोस्। आफन्त / मित्रहरू अद्भुत साँझको लागि आउन सक्छन्। रोमान्टिक मुडमा अचानक परिवर्तन हुनाले तपाईंलाई धेरै नराम्रो लाग्न सक्छ। आफ्नो काममा ध्यान दिनुहोस् र भावनात्मक तर्कमा स्पष्ट रहनुहोस्। आफ्नो जोडीको कठोर व्यवहारले गर्दा तपाईं दिनभरि उदास रहन सक्नु हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
फिटनेस र वजन घटाउने कार्यक्रमले तपाईंलाई राम्रो आकार बस्न मद्दत गर्नेछ। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। तपाईंको अवस्था र आवश्यकता बुझ्ने घनिष्ठ मित्रसँग बाहिर जानुहोस्। यो दिन तपाईंको प्रेम जीवनको मामलामा शानदार छ। प्रेम गरि राख्नुहोस्। कार्यस्थलमा वरिष्ठ साथै सहयोगिहरुबाट समर्थन प्राप्त हुनाले तपाईंको हौसला बढ्नेछ। विवाह पछि पाप उपासना हुन्छ, र तपाईंले आज धेरै उपासना गर्न सक्नु हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रचनात्मक कार्यले तपाईंलाई तनाउमुक्त राख्नेछ। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। रोमान्टिक अमूर्तताले तपाईंको आनन्दमा मसला थप्नेछ। आज काममा तपाईंका टीमको सबैभन्दा रिसालु व्यक्ति अचानक बौद्धिक बन्न सक्छ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।
काठमाडौँ, चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म…
काठमाडौँ, सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि…
काठमाडौँ, कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र…