‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी

अनलाइनखबर, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् ।

कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन् । उनीहरुले त्यहाँ नेपालका सडकमा हुने शैलीमै प्रदर्शन गरे ।


नेपाली कामदारले सुरुमा कम्पनीका अधिकारीसँग आफ्ना समस्या राखे । कम्पनीले नेपालकै दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकेको जानकारी दियो ।

महिनौंदेखि विमान कुरिरहेका उनीहरु मंगलबार ९आज० नेपाल उड्ने मिति तय भएको थियो । तत्कालै आफूहरु स्वदेश जान नपाउने अवस्था देखेपछि उनीहरु थप आक्रोशित हुन पुगे ।

त्यसपछि लाग्यो, ‘केपी ।।, देश छोड’ देखि ‘नेपाली दूतावास खारेज गर’ को नारा । उनीहरुले सरकार र दूतावासलाई नाराबाटै ‘मूर्दावाद’सम्म भने ।

उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम्पनीमा महिनौंदेखि काम नपाएर अलपत्र परेका उनीहरुलाई नेपाल फर्किन पाउने आश्वासन पाएको करिब ७ महिना भयो ।

सरकारले अहिले केही गन्तव्यबाट सीमित मात्र नियमित उडान खोलेको छ । तर, कोरोना संक्रमण जाँच्न पीसीआर परीक्षण सहज नभएको भन्दै साउदीसहितका केही खाडी मुलुकमा चार्टर्ड उडान मात्रै गरिरहेको छ । तर, चार्टर्ड उडानको संख्या यति थोरै छ कि अलपत्र हजारौं नेपाली कहिले घर फर्किन पाउँछन् भन्ने टुंगो छैन ।

कतिपय कम्पनीले श्रमिकलाई नेपालबाट जाने चार्टर्ड उडानकै टिकट काटिदिएका छन् कतिपयले आफैंले चार्टर्ड उडान गर्न नेपालसँग अनुमति मागिरहेका छन् । कतिपय कम्पनीले श्रमिकलाई आफ्नै खर्चमा जान भनेका छन् । कति नेपाली श्रमिक टिकट खर्च नभएर अलपत्र छन् ।

नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा करिब १० हजार नेपाली काम गर्छन् भने त्यसमध्ये करिब ८ सय कामविहीन भएका छन् ।

अलपत्रमध्ये केहीलाई फर्काउने गरी कम्पनीले शुक्रबार सेप्टेम्बर ८ तारेख ९आज० को उडानका लागि टिकट बापतको पैसा बैंकिङ च्यानलमार्फत नेपाल एयरलाइन्सको खातामा पठाउन खोजेको थियो ।

मंगलबारसम्म बैंकिङ च्यानलबाट सो रकम जम्मा हुन नसक्ने देखिएपछि दूतावासले कम्पनीलाई अरु विकल्पमा जान भनेको थियो । तर, झन्झट हुने भन्दै कम्पनी तयार भएन ।

र, कम्पनीले दूतावासका कारण नेपाली श्रमिक फर्काउन समस्या भएको ब्यहोराको सूचना टाँसिदियो । आफूहरु फर्किन तय भएको उडानमा जान नपाउने देखेपछि श्रमिकले धैर्यता गुमाउन पुगे ।

रोजगारी गुमाएपछि त्यहाँ कामदारहरु महामारीको बीचमा पनि कम्पनीले राखेको सिंगो हलमा कोचाकोच गरेर बस्न बाध्य छन् । कम्पनीले दूतावासलाई देखाउने र दूतावासले कम्पनीलाई देखाउने गर्दा आफूहरु घर फर्किनबाट बञ्चित भएकोमा उनीहरुको चित्त दुखाई छ ।

आफैंले खर्च गरेर फर्किने व्यवस्था गरिरिदन आग्रह गर्दासमेत बेवास्ता गरिएको प्रदर्शनमा सहभागी एक श्रमिकले बताए ।

साउदीस्थित नेपाली दूतावासका राजदूत महेन्द्रप्रसाद सिंह राजपुत यो समस्या समाधान भइसकेको दावी गर्छन् । सेप्टेम्बर ८ तारिक ९आज०मा उड्न नपाएकाहरुलाई १८ तारेखको उडानमा नेपाल पठाउने उनले बताए ।

‘फर्किन तयार भएको दिनमा उड्न नपाइने भनेपछि युवाहरु आक्रोशमा आउनु स्वाभाविक थियो, यसमा कुनै राजनीतिक उद्देश्य थिएन, अलिकति कम्पनीले पनि बदमासी गर्‍यो,’ राजदूत राजपुतले भने,‘एयरलाइन्सको पैसा जम्मा गर्न मनी ट्रान्सफर गर्दा समस्या हुने कुरा नखुलाई सूचना टाँस्दा दूतावासप्रति रिस पोखियो ।’

साउदीमा अझै १२ हजारभन्दा बढी श्रमिक फर्किनका लागि विमान कुरिरहेका छन् । तर, त्यहाँबाट श्रमिकलाई फर्किन सहज अवस्था देखिएको छैन ।

सरकारले साउदीमा पीसीआर परीक्षण गर्न सम्भव नभएको कारण देखाएर नियमित उडान पनि खोलेको छैन । चार्टर्ड उडानको संख्या पनि पातलो छ । जसले गर्दा साउदीमा अलपत्र नेपालीहरु अब स्वतःस्फुर्त रुपमा आन्दोलित हुन थालेका छन् । सरकारले साउदीजस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नखोल्ने निर्णय लिएको छ ।

राजदूत राजपुत भने फर्किन चाहनेको संख्या धेरै भएको र उडान सीमित रहेका कारण असन्तुष्टि देखिने गरेको बताउँछन् ।

तर, यस्ता विषयमा साउदी सरकारका अधिकारीहरुले पनि चासो देखाएको र नेपाली श्रमिकलाई समस्या पर्न नदिन दूतावासले सबै प्रकारका उपाय अबलम्बन गरेको राजपुतको दावी छ ।

लेबनानको उही कथा

लेबनानमा अलपत्र परेका नेपालीको पनि दुःख उस्तै छ । उनीहरु पनि अब एकजुट भएर सरकारविरुद्ध बोल्न थालेका छन् ।

लेबनानमा सरकारले चार्टर्ड उडान पठाएको छैन । लेबनानको बेरुतमा भएको विष्फोटपछि त्यहाँ अलपत्र पर्ने नेपालीको संख्या बढेको छ ।

कोभिड–१९ले असर पारिरहेका बेला बेरुतको विस्फोटले व्यवसायमा पनि क्षति पुगेको भन्दै पछि रोजगारदाताले कामदार कटौती गरिरहेका छन् । स्थानीयका घरमा घरेलु श्रमिक रहेका कतिपय महिलाहरुलाई पनि उनीहरुले आवश्यक व्यवस्था गरेर फर्किन भनिसकेका छन् ।

केही महिला विस्फोटको घटनामा परेर घाइते भएर नेपाल फर्किन खोजिरहेका छन् । तर, त्यहाँ नेपाल सरकारले जहाज पठाउने व्यवस्थै गरेको छैन ।

पटक–पटक माग गर्दा पनि सरकारले कानमा तेल हालेर बसेको भन्दै अलपत्र श्रमिकले संयुक्त रुपमा आवाज उठाउन थालेका छन् । उनीहरु एक ठाउँमा जम्मा भएर स्थानीय सञ्चारमाध्यममा नै यसबारे बोलेका छन् ।

त्यहाँका सञ्चार माध्यमसँग करिब ५० जनाले टिकट काटिसकेको बताएका छन् । लेबनानबाट कतार एयरवेजले चार्टर्ड उडानको प्रयास गरेको थियो । तर, नेपाल सरकारले अनुमति नदिएपछि नेपाली श्रमिकहरु अलपत्र परेका छन् ।

‘यहाँ श्रमिकहरु सरकार नै नभएको देशको मान्छे जस्ता भइसके, अरु देशले यहाँ विस्फोटपछि आफ्ना प्रभावित नागरिक लिएर गइसके, हाम्रो सरकारसँग गुहार माग्दा माग्दा थाक्ने अवस्था आयो,’ लेबनानबाट सुदीप श्रेष्ठले भने ।

लेबनानको समस्यालाई कुटनीतिक रुपमा इजिप्टमा रहेको नेपाली दूतावासले हेर्छ । तर, इजिप्टमा रहेको दूतावासले आफूहरुको समस्या नसुनेको श्रेष्ठ बताउँछन् ।

कतार, यूएई र कुवेतमा पनि दुःख

कतारमा पनि अलपत्र नेपालीहरुको संख्या सानो छैन । अझै १२ हजारकै हाराहारीमा कतारबाट फर्किन चाहने नेपालीहरु छन् ।

समस्या आएका कतिपय कम्पनी आफैं श्रमिक फर्काउन विमान चार्टर्ड गर्न खोजेका छन् । दूतावास स्रोतमा अनुसार कम्पास र यू–यूनाइटेड एलएसले चार्टर्ड उडानमार्फत नेपालसम्म आफैंले श्रमिक ल्याइदिन अनुमति मागेका हुन् । यू(यूनाइटेड एलएसले १०१ र कम्पनीले १५० भन्दा बढी नेपालीलाई फर्काउन खोजेको छ ।

कतारस्थित नेपाली दूतावासका राजदूत नारदनाथ भारद्वाज अन्तर मन्त्रालय समन्वय अभावका कारण श्रमिक सहजै फर्किन पाउने अवस्थामा पनि अनुमति प्राप्त गर्न गाह्रो भएको बताउँछन् ।

सरकारले दैनिक ८ सय मात्रै यात्रु विदेशबाट फर्काउने नीति लिएकाले पनि समस्या भएको उनको भनाइ छ । ‘हामीले जुन गम्भीरताका साथ समस्याहरु जानकारी गराएका हुन्छौं, त्यसअनुसार सम्बोधन हुँदैन,’ उनी भन्छन्, ‘त्यसका कारण यहाँ श्रमिकहरुले दुःख पाइरहनुभएको छ ।’

राजदूत भारद्वाजले बेखर्ची रहेका श्रमिकलाई टिकट काट्न जान पनि सास्ती रहेको भन्दै सरकारले श्रमिकका समस्यालाई हलुका रुपमा लिन नहुने बताउँछन् ।

‘टिकट काट्न जाँदा आउँदा पनि ट्याक्सीमा उहाँहरुको ठूलो रकम खर्च हुन्छ, यहाँको गर्मीमा बाहिर निस्कन गाह्रो छ,’ उनी भन्छन्,‘कतिपय श्रमिक साँच्चिकै पीडामा हुनुहुन्छ, अहिलेसम्म यहाँ हुलहुज्जत हुने अवस्था आउन दिएका छैनौं ।’

कतारमात्रै हैन, दुबईबाट पनि विभिन्न कम्पनीले नेपाली फर्काइदिन चार्टर्ड उडान मागेका छन् । यूएईस्थिथित नेपाली राजदूत कृष्णप्रसाद ढकाल सरकारलाई विभिन्न कम्पनीबाट प्राप्त त्यस्ता प्रस्ताव अनुमतिका लागि पठाएको बताउँछन् ।

‘हामीलाई विश्वास छ कि कम्पनीले आफ्नै खर्चमा लगिदिने चार्टर्ड उडानले अनुमति पाउनेछन्,’ उनले भने । यूएईबाट अझै ३५ हजार नेपाली फर्किन चाहनेको सूचीमा छन् ।

कुवेतमा पनि अझै ४ हजार नेपाली घर फर्किने सूचीमा छन् । कुवेतबाट अगस्ट महिनामा एउटा मात्रै चार्टर्ड उडान भयो । त्यसका कारण अलपत्र परेकाहरु सकसमा थिए । सेप्टेम्बर महिना सुरु भएपछि केही उडान भएका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार सेप्टेम्बर १३ पछि उडानको संख्या बढ्नेछ । ‘अघिल्लो महिनामा खासै उडान भएन, त्यसले गर्दा कतिपयलाई समस्या भयो,’ उनी भन्छन्,‘अब क्रमैसँग समस्यामा परेकालाई पठाउँछौं ।’

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। अरूलाई प्रभावित गर्ने तपाईंको क्षमताले फाइदा पुर्याउनेछ। कठिन प्रयास गर्नुहोस्, तपाईं निश्चित भाग्यमानी हुनुहुन्छ किनकि आज तपाईंको दिन हो। दिवास्वप्नले तपाईंको पतन हुनेछ - आफ्नो काम गर्न अरूलाई नभन्नुहोस्। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
असुविधाले तपाईंको मानसिक शान्तिमा बाधा दिन सक्छ तर एउटा मित्र तपाईंको समस्या समाधान गर्न अत्यन्तै उपयोगी हुनेछ। तनाउ हटाउन केही मन्द संगीत सुन्नुहोस्। तपाईंले धेरै अनपेक्षित स्रोतहरूको मार्फत कमाउने सम्भावना छ। परिवारका सदस्यहरूले तपाईंका दृष्टिकोणको समर्थन गर्नेछन्। व्यक्तिगत निर्देशनले तपाईंको सम्बन्ध सुधार हुनेछ। कठिन मेहनत र उपयुक्त प्रयासले राम्रो परिणाम र पुरस्कार प्राप्त गराउनेछ। सामाजिक साथै धार्मिक कार्यको लागि उत्कृष्ट दिन। आफ्नो जोडीले आज तपाईंलाई खुसी बनाउने प्रयास गर्नेछन्।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
एउटा मित्रको नराम्रो व्यवहारले तपाईंलाई अपमान महसुस हुन सक्छ। तर आफुलाई शान्त राख्ने प्रयास गर्नुहोस्। तपाईंलाई यसले दुःख नदेओस भन्नको लागि बरू जोगिने प्रयास गर्नुहोस्। यस दिनलाई सुखद र सुन्दर दिन बनाउन तपाईंको घरमा अतिथिहरू आउनेछन्। आफ्नो बोलीको नियन्त्रण गर्ने प्रयास गर्नुहोस् किनकि तपाईंका कठोर शब्दले अशान्ति फैलाउँछ र आफ्नी प्रियतमासँगको सम्बन्ध बिग्रिन्छ। तपाईंले राम्रो आदर दिन सक्नुहुँदैन भने कुनै पनि प्रतिबद्धता नगर्नुहोस्। आज खर्चको कारण आफ्नो जीवनसाथीसँग तपाईंको सम्बन्ध बिग्रिन सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। तपाईंले आजको खाली समयको लाभ लिनुहोस् र परिवारका सदस्यहरुसँग प्यारो समय खर्च गर्नुहोस्। गोप्य कार्यहरूले तपाईंको प्रतिष्ठा बिगार्न सक्छ। मालिकको राम्रो मुडले काममा सम्पूर्ण वातावरण कर्ममय बनाउन सक्छ। तपाईंको जोडीले छिमेकीमा सुनेको कुरालाई लिएर मुद्दा बनाउन सक्छन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंले आफ्ना वरिपरिका मानिसहरू अत्यधिक माग गर्ने पाउनुहुनेछ - तपाईंले गर्न सक्ने भन्दा बढीको प्रतिज्ञा नगर्नुहोस् - र अरूलाई खुसी पार्नको लागि आफुलाई गलाउन जोड नदिनुहोस्। अनुमानले लाभ हुनेछ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। साँझको लागि विशेष केहि योजना बनाउनुहोस् र यसलाई सकेसम्म रोमान्टिक बनाउने प्रयास गर्नुहोस्। नयाँ कुरा सिक्ने तपाईंको प्रतिभा उल्लेखनीय हुनेछ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको ऊर्जा स्तर उच्च हुनेछ र रोकिएका कार्यहरू पूरा गर्न यसको प्रयोग गर्नुपर्छ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्। नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट नगर्नुहोस्। प्रतियोगिता आएको हुनाले कार्य तालिका व्यस्त हुनेछ। वैवाहिक जीवनको एउटा कठिन चरण पछि, तपाईंले आज रमाइलो दिन पाउनु हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। आफ्नी प्रियतमासंगको तपाईंको लापरवाह व्यवहारले घरमा परेशानी ल्याउन सक्छ। महत्त्वपूर्ण मान्छेहरूसँग बातचीत गर्दा आफ्ना कान र आँखा खुल्ला राख्नुहोस् - किनकि तपाईंले एउटा मूल्यवान टिप पाउन सक्नुहुन्छ। तपाईं आज यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो सामानको अतिरिक्त हेरचाह गर्न आवश्यक छ। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। आज तपाईंको बाटोमा आउने नयाँ लगानीका अवसरको अन्वेषण गर्नुहोस् - तर यी परियोजनाहरूको समर्थता अध्ययन गरेर मात्र प्रतिबद्ध हुनुहोस्। अनपेक्षित जिम्मेवारीले तपाईंको दिनको योजना विग्रिनेछ - तपाईंले आफैलाई अरूलाई धेरै र आफ्नो लागि कम गरिरहेको पाउनुहुनेछ। आज केही प्राकृतिक सौन्दर्यद्वारा तपाईं चकाचौंद हुने सम्भावना छ। "आज तपाईंले प्राप्त गरेको ज्ञानले साथीहरूसँग सामना गर्न तपाईंलाई सहारा दिन सक्छ।" तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ। तपाईंले छोराछोरी वा तपाईं भन्दा कम अनुभवीहरूसँग धैर्य धारण गर्नुपर्छ। तपाईंले उनीलाई पर्याप्त ध्यान दिनुभएन भने प्रेमी दुखी हुनेछन्। आज काममा तपाईंका टीमको सबैभन्दा रिसालु व्यक्ति अचानक बौद्धिक बन्न सक्छ। तपाईं आफ्नो जीवनसाथीको बकबकले झर्किन सक्नु हुनेछ - तर उनले तपाईंको लागि साँच्चै नै महान कार्य गर्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तेल र मसालादार आहार नगर्नुहोस्। आफन्त / मित्रहरू अद्भुत साँझको लागि आउन सक्छन्। रोमान्टिक मुडमा अचानक परिवर्तन हुनाले तपाईंलाई धेरै नराम्रो लाग्न सक्छ। आफ्नो काममा ध्यान दिनुहोस् र भावनात्मक तर्कमा स्पष्ट रहनुहोस्। आफ्नो जोडीको कठोर व्यवहारले गर्दा तपाईं दिनभरि उदास रहन सक्नु हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
फिटनेस र वजन घटाउने कार्यक्रमले तपाईंलाई राम्रो आकार बस्न मद्दत गर्नेछ। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। तपाईंको अवस्था र आवश्यकता बुझ्ने घनिष्ठ मित्रसँग बाहिर जानुहोस्। यो दिन तपाईंको प्रेम जीवनको मामलामा शानदार छ। प्रेम गरि राख्नुहोस्। कार्यस्थलमा वरिष्ठ साथै सहयोगिहरुबाट समर्थन प्राप्त हुनाले तपाईंको हौसला बढ्नेछ। विवाह पछि पाप उपासना हुन्छ, र तपाईंले आज धेरै उपासना गर्न सक्नु हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
रचनात्मक कार्यले तपाईंलाई तनाउमुक्त राख्नेछ। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। पुरानो सम्पर्क र सम्बन्ध पुनर्जीवित गर्ने राम्रो दिन। रोमान्टिक अमूर्तताले तपाईंको आनन्दमा मसला थप्नेछ। आज काममा तपाईंका टीमको सबैभन्दा रिसालु व्यक्ति अचानक बौद्धिक बन्न सक्छ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।
काठमाडौँ, चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म…
काठमाडौँ, सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि…
काठमाडौँ, कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र…