बाघ रङंको काल्छयौरी झरना ओझेलमा

पर्वत जिल्लाको मोदीगाउँपालिका –२ देउपुर सुन्तलाको मात्रै प्रख्याती छैन, अनुपम आर्कषक दृश्यहरु पनि रहेका छन् देउपुरमा यसैमध्येको हो यहाँ रहेको काल्छयौर झरना, यो झरना बाघको रङजस्तो आकारमा करिब ३० मिटर माथीबाट खसेको छ । सजिलै जान र देख्न सकिने उक्त झरनाले जो कोहिलाई मनमोहक बनाईदिने गरेको छ ।


पोखरा बाग्लुङ् सडकखण्डमा पर्ने पातीचौर बजारबाट उत्तरतिर तीन किलोमिटरको कडेन सडकखण्ड नजिकै पर्ने उक्त झरना भने, ओझेलमा परेको छ । यस झरनामा नजिकै रमणिय फाँट र पार्वती गुफा समेत रहेको छ । यस झरनामा विभिन्न पर्यटकिय सम्भावना रहेकाले यसक्षेत्रलाई पर्यटकिय विकासमा जोड स्थानियको रहेको छ ।


पातीचौर बजार देखि पर्यटकिय क्षेत्र भवरकोट सम्म विभिन्न झरना, पहाडी तथा हिमसृखला, गुफाहरु हुदै जानसकिने छ । यसको विकासमा सम्वन्धित निकायले ध्यानदिनुपर्ने देउपुरका स्थानिय समाजसेवी भुमिराज शर्माले बताउँछन् । ‘पर्यटनको सम्भावना देउपुरमा छ,’ यसको विकासमा सम्वन्धित निकायको ध्यानजानुपर्छ शर्माले भने, ‘पर्यटन विकासलाई जोड दिएको खण्डमा स्थानियले पनि रोजगारीको अवसर पाउनेछन् । ’

प्रतिक्रिया दिनुहोस