इजरायलमा प्रवासी महिला बिभागद्वारा भर्चुवल अनलाईनबाट तिजको झझल्को मेटाए !

इजरायल बुद्ध सन्देशको लागि मध्यपूर्व सम्बाददाता सरिस्मा बराल (उमा )

इजरायलमा प्रवासी महिला बिभागद्वारा भर्चुवल अनलाईनबाट तिजको झझल्को मेटाए प्रवासी नेपालीहरु विश्वव्यापी महामारी फैलिदैगएको कोभिड–१९ कोरोनाको प्रभावले चाडबाडहरु पनि फरक ढङ्गबाट मनाउनुपर्ने बाध्यता सृजना गरेको छ ।

यसैसन्र्दभमा नेपाली महिलाहरुको महान्चाड पनि देशविदेशमा बस्ने नेपालीहरुले फरक ढङ्गले मनाएर तिजको झझल्को मोटाएका छन् । यसै सन्दर्भमा ईजरायलमा क्रियाशिल प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागको आयोजनामा जुम अनलाईन भर्चुअलको माध्यमबाट हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

ईजरायलस्थित प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागले जुम अनलाईन भर्चुअल कार्यक्रम मिति १७ अगस्ट इजरायल को ९ बजे दर्शकहरुको सहभागिताकासाथ सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा )प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागले आयोजनागरेको जुम अनलाइन भर्चुवल हरितालिका तिज बिशेष तथा चौथा पूजा कार्यक्रमको सभापतित्व गिता सुवेदी गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य युवराज चौलागाई, विशिष्ठ अतिथि तिर्थ गौतम र विशेष अतिथिमा अनिरुद्र जोशी सुवेदी रहेका थिए ।

कार्यक्रममा लक्ष्मी अनुरागी, सुमित्रा भण्डारी, सुन्दर तामाङ्ग लगायतले शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राखेका थिए । सो कार्यक्रम संचालन ज्योति शर्मा र स्वागत मन्तव्य मिना चुडालले गरेकी थिईन् । कार्यक्रममा ईजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई विशेष सहभागिता रहेको थियो ।

कार्यक्रममा सामना परिवारकी गायिकका निर पवन, गायक अमृत खाँती र गायिका उषा श्रेष्ठको उकृष्ट प्रस्तुती रहेको थियो । कार्यक्रममा कलाकारहरुको विशेष प्रस्तुती र अतिथिहरुको महत्वपूण भनाईसहित शुभकामना आदनप्रदानले वर्षभरीमा एकपटक आउने तिजको झझल्को मेटाएको थियो |

प्रकाशित          २ भाद्र २०७७, मंगलवार              ###                 नेपाली एकता मंच इजरायल महिला बिभागले                     ###

प्रतिक्रिया दिनुहोस