नेपाली समाज(नेसो) ईजरायलले डा. भट्टराईसँग भर्चुअल अन्र्तक्रियागर्ने

ईजरायल÷संघियता, सुसासन, समृद्धि, समाजवाद मुलनाराका साथ स्थापित जनता समाजवादी पार्टी निकटप्रवास संगठन नेपाली समाज नेसो ईजरायलले जुम भर्चुअल मिडिया मार्फत पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराईसँग अन्र्तक्रिया कार्यक्रमगर्ने भएकोछ ।


अगस्त १६ तारिख, आईतबार ईजरायली समय १ बजे र नेपाली दिउसो समय ४ बजे जुम भर्चुअल मिडिया मार्फत गरिने भएकोले सबैमा सहभागिताकोलागि आयोजक नेपाली समाज नेसो ईजरायलले अनुरोध गरेको छ ।


आयोजकले सो कार्यक्रममा जो कोहि पनि सहभागीबनि समसायिक तथा राजनितिक विषयमा छलफलमा भागलिन सक्ने बताएको छ । सो कार्यक्रममा भागलिई आफ्ना जिज्ञासा, सुझाव राख्न आग्रह समेत नेसोले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस