नेपाल आदीबासी महासंघ ईजरायलद्धारा विभिन्न माग राख्दै ज्ञापनपत्र

ईजरायल÷ईजरायलमा क्रियाशिल नेपाल आदिबासी महासघ ईजरायलले विभिन्न मागराख्दै नेपाली राजदूताबास ईजरायलमार्फत ज्ञापनपत्र बुझाएको छ । ईजरायलस्थित महामहिम राजदुत डा.अन्जान साक्य मार्फत नेपालका प्रधानमन्त्रीलाई पठाउनेगरि ज्ञापन बुझाएको हो । प्रधानमन्त्रि केपी शर्मा ओली समक्ष बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक बहुभाषिक विषयमा पुनःस्मरण गराउदै विभिन्नमागहरु उठानगर्दै ईजरायलमा ज्ञापनपत्र छ ।


ज्ञापनपत्रमा महासंघका अध्यक्ष पेम्वा डोल्मा ल्होम्यो र महासचिव सुर्यबहादुर रानामगरद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपः सभ्यताको उदगम स्थल आदिबासी नेवाः भुमि खोनाको सांस्कृतिक धार्मिक सम्पदालाई अन्तराष्ट्रिय कानुन तथा आईएलओ १६९समेत उलघंनगरी बिकासको नाममा हालै नेपाल सरकारले गरि रहेको नेपः सभ्यता माथिभै रहेको अतिक्रमण तुरन्त बन्द गर्न, राष्ट्र सघमा दर्ता भएको नेपालको मौलिक संम्बत तथा देशकै नाममा रहेको ससारको एक मात्र सम्बत नेपाल सवतलाई नेपालको सम्पूर्ण सरकारी निकायहरुले ब्यबहार प्रयोगमा ल्याउनुपर्ने, नेपालको सम्पूर्ण स्कुलहरुमा आ–आफ्नो थातथलोमा आ–आफ्नो नेपाली मातृभाषाहरुलागि बजेट बिनियोजनगरि पढाइ सुरु गर्न माग गरेको छ ।


त्यसैगरी नेपालको बिभिन्न राष्ट्रिय समुदायहरुले मनाउदै आएको राष्ट्रिय पर्बहरुमा पछिलो समय नेपाल सरकारले गरेको बिदा कटौती गरेको बिदा पुनः राख्न समेत माग गरेको छ । ज्ञापनपत्रमा संबिधानमा जातीय समानताको स्पष्ट व्याख्या भएपनि राज्य र शक्तिको दुरुपयोगगरि निश्चित व्यक्ति बिशेषको लाभलाईहेरी संबिधानलाइनैं प्रभाबितहुनेगरि शिल्पिदलितहरु माथिभै रहेको जातीय अन्याय बिरुद्ध एक्यबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस