नागपञ्चमीमा नाग पुजा अनि लाखे नाच

पर्वत÷आज शनिवार देशभर नागपञ्चमी पर्व मनाईएको छ । यसैगरि पर्वतमा पनि विहानै देखि घरवरपर रहेका नागका थानहरुमा पुजाआजा सम्पन्न गरिएका छन् । विभिन्न किसिमका नागले वर्षभरी घरपरिवारको सुखशान्ती र समृद्धिको रक्षा गर्दछन् भन्ने जनविश्वास सहित वर्षको एकपटक आउने नागपञ्चमीमा नागपुजा गर्ने गरिन्छ ।


नागका थानहरुमा पुजा सकिएपछि स्थानियहरुले नागका फोटाहरु घरका ढोका टांगिएका छन् । यसैबिच नागपञ्चमीकै अवसरमा नेवारबस्तीहरुमा लाखे नाच प्रर्दशन गरिएका छन् ।


पर्वतको सदरमुकामक कुश्मा बजार लगायत नेवारीबस्ती भएका ठाउँहरुमा लाखेनाच प्रर्दशन गरिएका छ । कोरोना कहरसँगै लाखे नाचमा सहभागीहुन नेवार समुदायको उपस्थिती रहेको थियो । नेवारी संस्कृतिको रक्षाको लागि नागपञ्चमी देखि कृष्णास्टमी सम्म लाखे नाच प्रर्दशन गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस