सहमती खोज्ने ओली प्रचण्ड छलफल निश्कर्षविहिन

काठमाडौं । सहमति खोज्ने विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल निश्कर्ष विहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार करिव २ घण्टा ओली प्रचण्ड छलफलभएपनि पुनः बस्नेगरि निश्कर्षविहिन भएको हो ।


दुई नेकपा अध्यक्ष बीच स्थायी समिति बैठक, अर्लि महाधिवेशन र नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल भएको बताइएको छ । नेकपामा ओलीको राजीनामा प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल पक्षले माग्दै आएका छन् ।
ओलीले आगामी मंसिरमा अर्लि महाधिवेनमार्फत नेतृत्व हस्तान्तरण गर्ने भन्दै महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । यसमा प्रचण्ड–नेपाल पक्ष सहमत हुन सकेका छैनन् । नेकपाको स्थायी समिति बैठक आगामी १३ गते बताईएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संकटमा परेपनि विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस