केहि दिनमा सलहको झुण्ड नेपाल प्रवेश गर्न सक्ने

काठमाडौं÷ नेपालमा केहि समय अगाडी सलहको झुण्ड देखिएसँगै फेरीपनि ठुलो झुण्ड केहि दिनमा प्रवेशगर्न सक्ने सहल सुचना केन्द्रले जनाएको छ । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेकोले नेपाल प्रवेशगर्न सक्ने सम्भावना बढेको छ ।

भारतबाट ठुलो झुण्ड नेपालतर्फ आउनसक्ने सम्भावना रहेको सलह सूचना केन्द्रले जनाएको छ । सलह सुचना केन्द्रका अनुसार भारतको राजस्थानबाट दक्षिण पश्चिमी बायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले जनाएको छ । केही झुण्डहरु केही दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना देखिएको छ ।
भारतनेपालको सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाई जानाकारी गराईएको बताईएकोछ ।

प्रतिक्रिया दिनुहोस