मायाका सहयोगी हात निमुखालाई राहत

मानवसेवा नै धर्म हो, दुनियाँमा आपतविपतमा परेका मानिसहरुलाई सहयोगगर्ने मानिस कमै भेटिन्छन् । तीनै कमै मध्येकी सहयोगता समाजसेवी हुन् ईजरायलमा बस्दै आएकी बुटवलकी माया आचार्य । आफुले  आर्जेको केहि पैसा जोगाएर अभावमा परेकाहरुलाई आचार्यले एक भट्ट परिवारलाई खाद्यन्न सहयोग गरेकी छीन् । कोरोनाको महामारीमा दुईछाकटार्न समस्याभएपछि भट्टपरिवारलाई सहयोग गरेकी हुन् ।


गोदावरी नगरपालिका– १० खमौराका तेज भट्टका परिवारलाई केहि समय खानपुग्ने दाल चामल, नुन, आटा लगायतका खाद्यन्न सामाग्री प्रदान गरेकी हुन् । खाद्यन्न सहयोग पाएपछि भट्ट परिवारमा केहि समयका लागि भएपनि खाद्यन्न जोहो टरेपछि राहतको महसुस गरेका छन् । तेज भट्टकी आमा मुटु, बाबु दमका कारण मृत्यु भएको र दाजु अपाङ्ग र बालबच्चालाई पालनपोषण पढाईलेखाईगर्न निकै कठिनाई भएको थियो । भट्ट परिवारले सहयोगदाता आचार्यलाई सहयोगको लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस