राप्ती सोनारीबाट बाघको छाला र हड्डि सहित एक पक्राऊ

बुटवल ÷ बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेकोछ । पक्राउपर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । पक्राउ परेका घर्तीमाथि अनुसन्धान भइरहेको छ ।

घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस