प्रचण्ड ओली बार्ता निर्णायक मोडमा सहमती जुटाउन प्रयास

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक द्धन्द्ध चरमरुपमा अगाडि बढि रहेकै बेला यसलाई साम्य पार्ने प्रयास पनि भईरहेका छन् । आइतबार ओली र प्रचण्डबीच सहमतीका लागि निर्णायक वार्ता हुने बताईएकोछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा महासचिव विष्णु पौडेल र शंकर पोखरेल जनार्दन शर्मा र वर्षमान पुनको सहभागिता रहेको छ ।

 


गत शुक्रबार तथा शनिवार आन्तरिक कलह साम्यपार्न अध्यक्ष ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएका थिए । शुक्रबारको सहमति अनुसार शनिबार नेताहरुबीच छलफल गर्ने भनेपनि नेताहरु आ आफ्ना पक्षका नेताहरुसँग छलफलमा लागेपनि यता पार्टीभित्र बढेको कलह साम्य हुनुको साटो बढ्दै गएपछि दोस्रो तहका नेताहरु शुक्रबारबाटै पार्टी कार्यालय धुम्वराहीमा धर्नामा बसेका थिए । सोही अभियान अन्तर्गत सोमबार केन्द्रीय सदस्यहरुको भेला बोलाइएको छ ।

नेता तथा कार्यकर्तामा पार्टी शिर्षतहमा भएको आन्तरिक द्धन्द्धले निरासामा देखिएका छन् । पार्टी फुट्न नहुने भन्दै शीर्षनेताहरुलाई खवरदारीगर्न युवा नेता तथा सांसदहरुले दवावस्वरुप धर्ना भेला गरिरहेका छन् । भने आ–आफ्ना विचार र धारणा सामाजिक सञ्जाल मार्फत पनि व्यक्त गरिरहेका छन् । केन्द्रीय सदस्य बालुवाटार वार्तापछि नेकपा फुट्ने वा जुट्ने निक्र्योल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस