प्रवासी नेपाली एकता मञ्च ईजरायलको प्रवासी नेपालीको समस्यामा चासो 

ईजरायलस्थित प्रवासी नेपाली एकता मञ्च ईजरायलले कोरोना भाईरस(कोभिड–१९)ले पारेको समस्यामा चासो देखाएको छ । नेकपा निकट प्रवासी नेपाली एकता मञ्च ईजरायलले प्रवासी नेपालीहरुलाई (कोभिड–१९)ले पारेको प्रभाव तथा यसबाट उत्पन्न समस्याका बारेमा छलफल गरेको छ । अनलाईन भर्जुअल मार्फत उक्त संगठनमा आबद्ध पदाधिकारीहरुको बिच बैठक गरेको छ । बैठकमा घर जान चाहने र सुरक्षितरुपमा बस्ने वातावरण कसरी मिलाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरेको छ ।


प्रवासी नेपाली एकता मञ्च ईजरायलका अध्यक्ष तिर्थ गौतमको सभापतित्व र मञ्चका सचिव अनिरुद्र सुवेदी (अनिल ज्वाला)को संचालनमा भएको बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईको प्रमुख आतिथ्य एवं सचिव श्रीप्रसाद शाहको विषेश आतिथ्य रहेको थियो ।

बैठकले ईजारायलमा घरजान नपाएर समस्यामा परेका नेपालीहरुलाई घर फर्काउन पहल गर्ने समेत निर्णय गरेको बताईएको छ । त्यसैगरी सांगठनिक गतिविधि भावी योजनाका विषयमा पनि छलफल भएको मञ्चका अध्यक्ष तिर्थ गौतमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस