कोभिड–१९ प्रतिरक्षाकालागि पनि लाभदायी तुलसी रोपण

रोगप्रतिरोधात्मक क्षमता भएको तुलसीको निकै महत्व रहेको छ । आयुर्वेदमा यसको विविध उपचार गुणहरुको लागी हजारौं वर्षको लागि प्रयोग गरीएको छ । औषधी पात, डाँठ र बीउबाट बनाईन्छ । हालै फिलिईरहेको कोरोना कोभिड–१९ प्रतिरक्षा लागिपनि लाभदायी रहेको छ। तुलसी झन् लोकप्रिय हुँदै गइरहेको छ । स्वासप्रस्वास सम्वधि रोगको लागि नियमित सेवनले फाईदाहुने गरेको विज्ञहरु बताउँछन् । तुलसी प्रायः चिन्ता र तनावको स्वासप्रस्वास, मधुमेह र उच्च कोलेस्ट्रालको लागि पनि उपयोगी रहेको विज्ञहरु बताउँछन् ।

कोरोना कोभिड–१९ प्रतिरक्षाको लागिपनि उपयोगि रहेको बताईन्छ । नियमित तुलसीपत्ताको पानी पिउनाले प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले कोभिड–१९ को लागि पनि उपयोग रहेको विज्ञहरुको भनाई छ । यसैगरी हिन्दु परम्परा अनुसार आज हरिबोधनी एकादशीको अवसरमा तुलसी रोपण तथा निराहार ब्रतबस्ने चलनपनि रहि आएको छ ।

आज हरिबोधनी एकादशीको अवसरमा हिन्दु भक्तजनहरु नदीहरुमा गई नुहाई निराहार ब्रत बसेका छन् भने, घरघरका मठहरुमा तुलसी रोपण पनि गरिएको छ ।

तुलसीको बास्नाले विषालु किटाणुहरुलाई पनि नआउने तथ्यहरुले देखाएका छन् । तुलसीको स्वस्थ्यहावा खाएमापनि मानिसलाई किटाणुहरुबाट जोगिने गर्दछ । मानिसको स्वास्थ्यमा प्रतिरक्षा बढावा दिने भएकाले धेरै औषधि कम्पनिहरुले यसको प्रयोग गरेको बताईन्छ ।
तुलसीका फाईदा
हिलिंग पावरः–तुलसी वा तुलसी प्लान्टमा धेरै औषधीय गुणहरू छन् । पातहरूले पेटलाई सशक्त पार्छ र श्वासप्रश्वाससम्बन्धी रोगहरूमा मद्दत गर्दछ ।
किडनी स्टोनः तुलसीको मिर्गौलामा प्रभावकारी प्रभाव पार्छ । ६ महिनासम्म नियमित रूपमा तुलसी पातहरूको रस र महको मिश्रण सेवन गर्नाले बिकार लाई मूत्र मार्गबाट बाहिर निकाल्न मद्दत गर्दछ ।
तनावः तुलसी पातहरूलाई एन्टी स्ट्रेस एजेन्टका रूपमा लिइन्छ । भर्खरका अध्ययनहरूले पत्ता लगाए कि पातहरूले तनावको बिरूद्ध महत्वपूर्ण सुरक्षाको व्यवस्था गर्दछ । स्वस्थ व्यक्तिहरूले पनि तनाव रोकथाम गर्न, दिनको दुई पटक, तुलसीको १२ पात चपाउन सक्छन् । यसले रगत शुद्ध पार्छ र धेरै सामान्य तत्वहरू रोक्न मद्दत गर्दछ ।
टाउको दुख्नेः तुलसीले टाउको दुखाइको लागि राम्रो औषधी बनाउँछ ।
पाचन ः यो एपेटाइजरको रूपमा काम गर्दछ र पाचन एंजाइमहरूको स्रावमा सहयोग गरेर पाचन प्रवर्धन गर्दछ ।
मधुमेह निको पार्नः रातोरात तुलसीको जरा पाउडर पानीमा राख्ने र बिहान सबेरै लिने गरेमा बोटको औषधीय गुणले शरीरमा इन्सुलिनको स्तर कायम राख्न मद्दत गर्दछ र मधुमेहको लागि प्राकृतिक उपचार हो ।

प्रतिक्रिया दिनुहोस