पाँच नाल भरुवा बन्दुक सहित छ युवा पक्राउ

बाग्लुङ्ग÷ बागलुङजिल्लाको ताराखोला गाउँपालिका–का छ जनायुवा लाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । ६ जना पुरुषहरु ५ नाल भरुवा बन्दुक सहित पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले घरभित्र लुकाइ राखेको अवस्थामा ५ थान एकनाले भरुवा बन्दुक सहित ६ जनायुवा लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

अनुसन्धानका लागि प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ बर्षिय चित्रराज कंडेल, ३६ बर्षिय टंकबहादुर रोका, ३७ बर्षिय होम बहादुर रोका, २९ बर्षिय खिमानन्द कंडेल र ४९ बर्षिय बम बहादुर घर्तीलाई पक्राउ गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस