पर्वत, बाग्लुङ्गमा पनि सहल देखियो, सजग रहन आग्रह

पर्वतको महाशीला गाउँपालिकावाट सोमवार विहान देखिएको सलह साँझपख फलेवास, कुश्माहुदै बाग्लुङ्ग र कास्की तर्फ लागेको छ । हजारौको संख्यामा प्रवेश गरेका सलह हेर्न स्थानियबासीका आँखा आकास तर्फ रहेको थिए । बालीनाली क्षती नपारेपनि सलह आएको देखेर त्रास बढेको छ । हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले साँझ सलको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङ, कास्कीतर्फ अगाडि बढिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
सोमवार विहान ९ बजेतिर पर्वतको महाशीलामा मकै, धान र कोदोको विऊ खाँदै गरेको अवस्थामा भेटिएको सलह दिउँसो त्यहाँबाट उडेर अन्यत्र सरेको हो ।
पर्वत र बागलुङ पर्वतमा सहल नियन्त्रणका लागि स्थानीय तहका कृषि प्राविधिक, सवै प्रहरी तथा सुरक्षा निकायमा सलह प्रवेश गरेकाले सचेत हुन र नियन्त्रणका उपाय अपनाउन आग्रह कृषि ज्ञानकेन्द्र पर्वतले अग्रह गरेको । नियन्त्रणका उपायहरुमा आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, छोप्ने वा धपाउने गरेमा बालीमा क्षति पु¥याउन नपाउने कृषि ज्ञानकेन्द्र  पर्वतका वरिष्ठ कृषिअधिकृत बासु रेग्मीले बताए । यो एकै ठाउँमा नवस्ने भएको र त्यति ठुलो समुहमा समेत नभित्रिएकाले ठुलो क्षति गर्न नसक्ने अनुमान गरिएको रेग्मीले जनाएका छन् ।
पर्वत र बागलुङ जिल्लाका सलहको बारेमा सुचना संकलनको काम भैरहेको र नियन्त्रणको थप कार्ययोजना बनाएर अघि बढ्ने तयारी भैरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस