सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको भाउ बढ्नेक्रम रोकिएको छैन । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।


आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस