दुर्लुङ्ग ढकालबारी पहिरोप्रति गण्डकीप्रदेशका सभामुखद्धारा दुःख व्यक्त,

पर्वत जिल्लाको कुनपा–३ ढकालबारी चनौटेमा दुई घरका नौ जना वेपत्ताहुनेगरि जेष्ठ ३१ गते राती आएको भिषण पहिरोबाट मृत्यू भएका पिडित परिवारप्रति गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गहिरो दुःख व्यक्त गरेका छन् ।

अधिकारीले उद्धारकार्यमा जिल्लाप्रशासनको नेतृत्वमा खटिएका प्रहरी, सेना, तथा स्थानियबासीमा धन्यवाद गरेका छन् भने पिडितलाई उद्धार, राहत तथा पुर्नःस्थापना तथा पहिरोबाट जोखिमबस्ती संरक्षणगर्न सरकार समक्ष जोडदार माग गरेका छन् ।


गण्डकी प्रदेशका सभामुख अधिकारी द्धारा आईतबार जारी शोक विज्ञप्तीमा भनीएको छ, दुर्लङ्गको ढाकालबारीमा पहिरोमा दुई परिवारका आठ जनाको मृत्यू र एक वेपत्ता भएको खवरले स्तब्ध बनाएको छ । यस दुःखद घडिमा पहिरोमापरि ज्यान गुमाउने मृतकप्रति भावपूर्ण श्रद्र्धाञ्जली साथै सोकशन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
ढकालबारी पहिरोको उद्धारकार्यमा जिल्लाप्रशासन कार्यालय पर्वतको नेतृत्वमा प्रहरी, सेना, स्थानियबासी खटिईरहनुभएको छ । संकटपूर्ण यस समयमा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको उद्धार, राहत तथा पुर्नःस्थापना र पहिरोको जोखिममा परेका बस्ती संरक्षणमा तदारुकताकासाथ कार्यगर्न सरकारसँग हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस