पहिरोमा पुरिए नौ जना, आठ जनाको शव भेटियो, दुर्लङ्ग गाउँ शोकमग्न,

पर्वत÷वर्षाको कारण ३१ जेष्ठराती पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङको ढकालबारीमा   घर भन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिदा ९ जना पुरिएका छन् । पुरिएका ९ जना मध्ये आठ जनाको शव भेटिएको छ  ।


पहिरोमा परि पुरिएका मध्ये ५८ बर्षिय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा उनका दुई नातिनिहरु विविशा थापा, दिपा थापा, कमला विक र प्रमिशा विक सम्राट थापा, विवेक थापाको शव भेटिएको हो ।


पहिरोमा पुरिएका  जेनिस विक को खोजी कार्य जारी रहेको पर्वत प्रहरीले जनाएको छ । घटना घटेको लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।


गएराती १ बजेसम्म खोजी गरेपनि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मि फर्किएको थियो । आईतबार विहानवाट खोजी कार्य गरीएकोमा तीन जनाको शब फला पार्न सफल भएको र तीन जनाको भने रातीनै शब भेटिएको थियो । शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे परेका कारण उक्त पहिरो गएको थियो । पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् । झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ । अहिले दुर्लुङ्गगाउँ शोकमग्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस