असामको तेल ईनारमा आगलागी, दुईको मृत्यु, सोह्रसय परिवार प्रभावति

एजेन्सी÷विगत केही दिनदेखि असमको तिनसुकिया जिल्लामा रहेको बग्जन तेल इनारमा आगलागी भएको छ । सो आगलागीमा परि दुईजनाको मृत्यु भएको छ भने, सोह्रसय घरपरिवार प्रभावित बनेका छन् ।


मंगलबार अचानक आगोलागेपछि खतरा बढ्रदै भएको छ । विगत दुई हप्ताहरुमा, इनारमा अनियन्त्रित ग्यास चुहावट रहेकोको वेला एक्कासी आगलागी भएको जनाईएको छ । तेल भारत र स्थानीय प्रशासनले यसको अनुगमन गरिरहेका थिए र नियन्त्रणको पनि प्रयास भइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार तेलको आगो यति भयंकर छ कि यसको ज्वाला दुई किलोमिटर भन्दा टाढाबाट पनि देख्न सकिन्छ । आगोले २०० मीटरको दायरामा करीव १५ घरहरू पूर्ण रूपमा जलाइसकेको छ, जबकि अन्य १५ घरहरू आंशिक रूपमा प्रभावित भएका छन् ।
सो आगो नियन्त्रणका लागि सेना परिचालन गरिएको बताईएको छ । आयल इंडिया लिमिटेड (ओआईएल) ले तत्काल राहतका रूपमा प्रत्येक प्रभावित परिवारलाई ३०,००० रुपैयाँ दिने निर्णय गरेको छ । यसका साथसाथै करिब १६ सय परिवारहरुलाई प्रभावित क्षेत्रहरुबाट बाहिर निकालिएको छ र उनीहरुको छेउछाउका क्षेत्रमा स्थापित राहत शिविरहरुमा व्यवस्था जनाईएको भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस