फेसबुक लाईभ मार्फत नेपाली समाज ईजरायलले प्रथम वार्षिकोउत्सव मनाउने

जनता समाजवादी पार्टी निकट प्रवासी संगठन नेपाली समाज ईजरायलले प्रथम वार्षिकोउत्सव फेसबुक लाईभ मार्फत सोमबार ईजरायलमा मनाउने भएको छ । नेपाली समाज ईजरायलले ‘सम्मुनत संघिय समाजवाद जिन्दावाद १० ं १ पहिचानको प्रदेश हाम्रो संकल्प, नेपाली राजनितिमा जनता समाजवादी पार्टी नेपाल अवको विकल्प’ भन्ने नाराका साथ प्रथम बार्षिकोत्सव मनाउन लागेको हो ।


नेपाली समाज ईजरायलको बार्षिककोउत्सव कार्यक्रम सोमबार नेपाली समय ६ः३० बजे जुम अनलाईन संचार मार्फत एनईएसओ फेसबुक पेज मार्फत प्रत्यक्ष लाईभ प्रसारणगरि मनाउने भएको आयोजकले जनाएको छ । यस कार्यक्रमलाई सफल बनाउनको लागि सम्पूर्ण अतिथीहरुलाई लाईनमा जोडिनका लागि आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस