बाके मुस्लिम आयोग जिल्ला अनुगमन समन्वय समिति ले गर्यो मदर्सा मस्जिदमा कोरोना टेस्ट !

आज मुस्लिम आयोगद्वारा गठित बाँके जिल्लाको अनुगमन समितिका सदस्यहरुको एउटा टोलीले नेपालगंज शहरमा भएका जमात सित सम्बन्धित मस्जिद हरूको अनुगमन गर्यो तथा चारवटा मस्जिदका कर्मचारी तथा इमाम हरूको पी सी आर परीक्षण को लागि घाटीको स्वाब संकलन गर्यो ।

यस परीक्षणका लागि जमातका जिम्मेवार हरु ले अग्रणी भूमिका खेल्दै अनुगमन समितिको टोलीको पूर्ण रुपले अगाडि बढेर सहयोग गरे । जमातका जिम्मेवार हरुले रोजा बसेको बेला पनि परीक्षणको लागि आफुलाई दिनमा कुनै समस्या नहुने जानकारी गराई सकेपछि अनुगमन टोलीले आज दिनमा परीक्षण गर्ने जमर्को गरेको थियो ।

यसअघि कुनै मुस्लिम लाई रोजा बसेको बेला घाटीको स्वाब संकलन गर्दा बान्ता आउन सक्ने सम्भावना भएको कारण अनुगमन समितिको अर्को टोलीले एउटा मदरसामा यसको एक दिन अगाडि राती परीक्षण गरेको थियो । तर आज जमातका साथीहरुलाई त्यस्तो परीक्षण गर्दा पहिले सोचेको जस्तो समस्या नहुने देखेपछी दिनमा पनि परीक्षण गराउन तयार भएका थिए । यसअघि अनुगमन समितिका सदस्य शक्ति कुमार वंशकार ले जिल्ला प्रशासन कार्यालयमा भएको अनुगमन समितिको बैठकमा सो परीक्षणले रोजा त कतै भङ्ग हुँदैन भनेर भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट लाई जिज्ञासा राखेका थिए ।

सो जिज्ञासाको उत्तर मा यो परिक्षण मा प्रयोग गर्ने सामग्री रोजा भङ्ग गर्ने खालको नभएको हुनाले त्यसलाई प्रयोग गर्न सकिने भन्ने निष्कर्ष निकालिएको थियो । त्यसै अन्तर्गत जमातीहरूको आफ्नो धर्मगुरुहरु सितको छलफलमा यो परीक्षणबाट कसैलाई बान्ता हुने जस्तो समस्या छैन भने रोजा बसेको बेला पनि यो परिक्षण गर्न सकिने फैसला गरेका थिए ।

समितिले मुस्लिम समुदाय सित समन्वय गरेर अगाडि बढ्ने तथा जसले दिनमा चाहन्छ उसलाई दिनमा तथा जसलाई राती सजिलो हुन्छ उसको परीक्षण राति गर्ने सुझाव बमोजिम आजको कार्यक्रम दिनमा गरेको हो । यस कार्यक्रममा जमात सित सम्बन्धित चारवटा मस्जिद हरु का जम्मा 11 जना को परीक्षण गरिएको थियो ।

यस परीक्षणमा अग्रणी भूमिका खेलेको जमात का जिम्मेवारी हरु मध्ये एकजना जिम्मेवारी नेपाली मस्जिदका सञ्चालक समितिका सदस्य इम्तियाज अन्सारीले जमातका व्यक्तिहरूले आफू बस्ने देशको कानुनको जहिले पनि सम्मान गर्ने बताए । उनले जमातको बारेमा मस्जिदमा लुकेर बसेको भन्ने व्यक्तिहरू बाट भूल भएको तथा नेपाल मा जमातबाट यस्तो कुनै पनि काम नभएको भन्दै यस भ्रमको खण्डन गरे ।

उनले जमातका साथीहरु ले जहिले पनि सम्पूर्ण मानवजातिको भलो को लागि प्रार्थना गर्ने तथा कसैलाई पनि गाली नगर्ने बताए । साथसाथै जमातले बिग्रिएका मुस्लिमलाई सुधार्ने काम गर्ने गरेको तथा अरुलाई धर्म परिवर्तन गराउने काम नगर्ने जानकारी गराए ।परीक्षणका लागि आएका स्वास्थ्य कर्मचारीहरुले पनि आज दिनमा परीक्षण गर्न धेरै सहज भएको तथा स्वाब सङ्कलन यसरी गर्दा बढी भरपर्दो हुने जानकारी गराए

 अनुगमन समितिको यस टोलीमा अनुगमन समितिका सदस्य शक्ति कुमार वंशकार, महिला अधिकारकर्मी तथा यस समितिको एकमात्र महिला सदस्य शाहिदा बानो साह तथा इरशाद राई रहेका थिए । अनुगमनको क्रममा कुनैपनि मस्जिदमा 3 जनाभन्दा बढी व्यक्तिहरु बसेको पाइएन । शाहिदा बानो साह ले सम्पूर्ण अनुगमन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हाम्रो आवाज को टिमलाई जानकारी गराए। यसक्रममा समितिका सम्पूर्ण सदस्य तथा त्यहाँ उपस्थित जमातका प्रतिनिधिहरुले यो अनुगमन मा मदत गर्ने प्रशासन, स्वास्थ्य तथा सुरक्षा निकायका सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरे ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। कुनै मानिसहरू मात्र तपाईंको मुटु छाम्न खोज्छन्, यस्तालाई ध्यान नदिनुहोस्। प्रेममा मग्न भएकाहरूले प्रेमको संगीत सबै समय सुन्दछन्। आज तपाईंले यो संसारका सबै गीतहरू भूल्ने त्यो संगीत सुन्नु हुनेछ। आजभोली तपाईं र तपाईंको जोडी धेरै खुसी हुनु हुँदैन भने, तपाईं आज पागल रमाइलो गर्न जानु हुँदैछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। आफ्नो प्रेमीबाट टाढा रहन धेरै गाह्रो हुनेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनोरञ्जन र आनन्दको दिन। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! आज तपाईंले आफ्नो जोडीसित साँच्चै रमाइलो साँझ बिताउन सक्नु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरञ्जन र आनन्दको दिन। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको तेज अवलोकनले अरूको अगाडि पुग्ने मद्दत गर्नेछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

qcG4ZJ11o0Y

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। सम्पूर्ण ब्रह्माण्डको परमानन्द प्रेम भएका दुई बीच रहन्छ। हो, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईं आज थाहा पाउनुहुनेछ कि विवाह भगवानले नै जुराएको हो।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…