मधेस कार्ड असफल पछि अब धार्मिक कार्ड भित्रीदै छ

बि बि खराल


हामी लाइ पच्छिल्लो समय मधेसि जनताको अधिकार लागि गरिएको भन्ने आन्दोलन यतिबेला त्यो आन्दोलन केवल भारतीय र युरेपेलि पश्चिमा मुलुकहरुको नेपालमा पहाडिया र मधेसिया को रुपमा जातिय द्वोन्द भड्काएर चिन सङ्ग को युद्द गर्न खोजिएको योजना हो भन्ने घटनाले देखाउछ । अहिले ति मधेस पहाडिया जातिय लढाइ असफल भएसि अहिले अर्को अस्त्र हिन्दु मुस्लिम समप्रदायिक द्वोन्द सिर्जना गर्न खोजिएको होकि भन्ने हामी लाइ डरको अनुभुति भएको छ ।

सम्पुर्ण न्यायप्रेमि देशभक्त नागरिक र सरकार को यता गम्भिर ध्यानकर्षण होस भन्न र मधेस भित्र शान्तिपुर्ण सौहार्द बाताबरणको प्रत्याभुति गराउन पनि सरकार नागरिक कर्मि देशभक्ति रास्ट्रबादि शक्ति राष्ट्रीय एकता सामाजिक सहिष्णुता चाहने लाइ एक भएर अतिबाद बिरुद्द एक हुन अपिल गर्दछौ। र अतिबाद कोरोना भाइरस भन्दा पनि ठुलो रोग भाइरस हो भन्ने कुरो यतिबेला हामी सबैले बुझ्न जरुरि छ ।

हाम्रो समुदाय को यतिबेला एक मुस्लिम साथिहरु जुन तब्लिगि जमातसङ्ग आस्थावन हुनुन्छ उहाहरुको एक सापेक्ष गल्ति कम्जोरि लाइ हामी ले सरकार र नेपाली जनता समक्ष माफि माग्न चाहन्छौ तर मुस्लिम समुदाय नै कोरोना भाइरस फैलाउने आतङ्कवादी को रुपमा भारतीय मिडिया नेपालका केहि मिडिया र मधेसभित्रको उग्र जातियबादले हामी लाइ शान्तिपूर्ण रुपमा बस्न गारो बनाइदि खोजिएको र देशको राष्ट्रीय एकता र सहिष्णुता लाइ कम्जोर पार्न खोज्दै मधेस तराइ भित्र नेपाली मुस्लिम समुदाय लाइ हेरिने गरिने ब्यबहार प्रति हामी चिन्तित छौ ।

मधेस आन्दोलनमा शहिदहुने हरु मा ३१ मुस्लिम पनि छन  नेपालको हरेक परिवर्तन आन्दोलनमा समेत मुस्लिम समुदाय को अहम भुमिका प्रति इतिहास बोलिरहेको अवस्थामा बहुदल पछि अगि मधेसि सस्कार र समुदाय प्रति गरिने दमन र भारतीय सोच्ने र सदा राज्य पक्षले धोति भन्दै गरिने दमनका कारण हामिले मधेसि समुदाय को राष्ट्रीय पहिचान र नेपाली नागरिक को दर्जा माग्न गरिएको आन्दोलन थियो ।

अहिले त्यो आन्दोलन लाइ पछिल्लो समय मधेस भित्र हामी मुस्लिम समुदाय लाइ अहिले हेर्ने नजर राज्य र मधेसि दल अनि तिनका कार्यक्रताको उग्र अतिबादिका कारण हामी देश भित्र र सघिय सम्रचनाको मधेस भित्र हामी लाइ जसरि पन्चयात अघि देखि र बहुदल गणतन्त्र आएपछि जुन समग्र मधेसि जनतालाइ जुन ब्यबहार गरिन्थियो अहिले त्यहि ब्यबहार हामी मुस्लिम र दलित समुदाय प्रति किन गरिएको छ प्रश्न गर्न चानछौ ।

हामी मधेस आन्दोलनका नायकहरु उपेन्द्र यादब , महन्त ठाकुर , बिजय गच्छदार , राजेन्द्र महत्व लगाएत देखिएका मधेसि मसियाहरु प्रति गम्भिर प्रश्न गर्न चाहन्छौ कि मधेस आन्दोलन के एकल जातिय मुक्ति र एकल जातिय सत्तामोहका निमित्त मात्र हो ? ? ?

मधेस आन्दोलन मा हामी मुस्लिम समुदाय को योग्दान काह के कमि रहयो ? ? ? बिगत मधेस आन्दोलन ले केवल एकल जातिय रुपमा फाइदा उठाइयो  उनिहरु देशको राष्ट्र प्रमुख पनि यादब र झा अनि बारम्बार सरकारको बागडोर मा उहाहरुकै एकल जातिय नेत्रीत्व , तल माथिसम्म पनि एकल जातिय सङ्गठित सङ्गठन को हाबि र हाल मधेस भित्र नै हामी मुस्लिम समुदाय प्रति गरिने उग्र अतिबाद बाट मुस्लिम समुदाय लाइ किन लखेट्न र जातिय सम्प्रदायवाद भड्काउन खोजिएको छ भन्ने प्रश्न गर्न चाहन्छौ मसिया ज्युहरु ? ? ? हामी ले दुइ नम्बर प्रदेशको मन्त्री एक मुस्लिम भएकै कारण उनलाइ कार्यभार सम्हाल्न होम र पुजा नगरि भएन ।

राजनेताको कुनै एकल धार्मिक आस्था हुदैन उहाको जनताको आस्था नै उहा को सम्रग आस्थाका धरोहर हुने र सम्बोधन गर्नुपर्ने हो । अहिले अब के मुस्लिम समुदाय ले अब मधेस भित्र नया राजनीतिक सहिष्णुतात्मक सम्प्रदायवाद धार फर्न पर्ने अनुभुत देखिएको हो ? हो भने अब हाम्रा बिक्लपमा नया धार थारु चौधरि दलित, जनजाति पहाडिया सहित को मुस्लिम गठबन्धन अनुसार मधेसको राजनीतिक बागडोर सम्हालदै मधेसभित्रको सत्ता परिवर्तन , सम्प्रदायवाद बिरुद्द लढ्न हाम्रो राष्ट्रीय सहिष्णुता लाइ एकताबद्द रुपमा बलियो बनाउन जरुरि देखिएको अनुभुति भएको छ ।

र सबैले अब सोच्न पर्ने अवस्था आएको त होइन भन्ने अन्तिम सोचमा हामी पुगेका छौ । अहिले हाम्रो बुझाइ देशभित्र बारम्बार मधेस कार्ड खेल्दै दुताबास र भारतीय सरकारको हस्तक्षेप जुन बढिरहेको छ त्यो हामी लाइ स्विकार्य हुदैन । हामी हाम्रो राष्ट्रको राष्ट्रीय एकता सम्प्रदायवाद सहिष्णुता राष्ट्रीयतालाइ बलियो बनाउन अब नया ढङ्गबाट महत्वपुर्ण भुमिका खेल्न जरुरि भएकोमा चिन्तित छौ ।

मधेस आन्दोलन को नाममा हामी ले यादब, शाह , महत्व, झा , ठाकुर , मण्डल जातिका समुदाय लाइ मधेसको मसिया र हाम्रो मुक्तिदाताको रुपमा लिदा आज अतिबादि सम्प्रदायवाद भड्काउन र हामी मुस्लिम थारु दलित र पहाडी जनजाति माथि भेदभाव पुर्ण ब्यबहार गरिएको छ ।

यहा अहिले गरिएको उग्र भड्काब जातियबादले हामी लाइ मधेसमा बाट लखेन्ट खोजिएको अनुभुति हुदै छ । यस प्रति अब हामी गम्भिर समिक्षा गर्न चाहन्छौ र अब समिक्षा गर्दछौ। बास्तबमा भन्ने हो भने समग्र मधेस भित्र समुदाय को जनसख्या हिसाबमा थारु चौधरि पहिलो मुस्लिम दोस्रो र दलित समुदाय को जनसख्या तेस्रो स्थानमा छ ।

यि सबैको जनगणना जोड्दा समग्र मधेस भित्र तिन समुदाय को जनसख्या ७६% हुन्छ । तर अहिले मधेस भित्रका यि तिन समुदायले देश भित्र र मधेस प्रदेश भित्र ७६% जनसख्या समुदाय ले राज्य सङ्ग आफ्ना अधिकार माग्दै आन्दोलित भएका छन  सचेत थारु समुदाय का मसियाहरुलाइ आज आफ्नो अधिकार माग्दा रेशम चौधरि लगाएत नेता जेल जिवनबिता एका छन र उनिहरु लाइ बध्यात्मक रुपमा उतपिडित बनाइएका छन ।

हामीले पछिल्लो समय मधेस आन्दोलन मधेस आवश्यक्ता भन्दा पनि बिदेशि शक्तिहरुको आवश्यक्ता थियो कि भन्ने निसकर्षमा पुगेका छौ  यतिबेला समग्र नेपाली मुस्लिम समुदाय लाइ चौतर्फि घेराबन्दि गरिएको छ यो सम्बिधान र सहिष्णुता बिरुद्द छ  नेपालि मुस्लिम को एक समुह तब्लिगि जमात को बिबिध गल्ति कम्जोरि हामी स्विकार्दै त्यो जमातका अगुवाहरु सङ्ग छलफल गरिरहेका छौ ।

हामी ले यतिबेला समुदाय का बिध्यालय लाइ कवारेन्ट टाइनको रुपमा देशभरिका स्थानिय तहलाइ र सरकार लाइ उपयोग गर्न आग्रह समेत गर्दै यो माहमारिमा मुस्लिम समुदाय लाइ जागरुक गर्दै कोरोना भाइरस बिरुद्द सरकारको आदेश लाइ सफल बनाउन हामी ले रातदिन काम गरिरहेका छौ ।

रोगले जातपात धनि गरिब र ठुलो सानो पक्कै भन्दैन  तर पनि पच्छिल्लो समय हामी लाइ लागेको देखिएको सङ्कट भनेकै दक्षिणी नाका हुन यहा देखिएका हाम्रा धार्मिक आस्था लिएर नेपाल आएका भारतीय तब्लिगि जमातमा देखिएको कोरोना पोजेटिभ र भारतीय देश बाट आएका हाम्रा नेपाली दाजुभाइ दिदिबहिनिमा देखिएको कोरोना पोजेटिभले पनि हामीले दक्षिण नाकालाइ केहि समय सिल गर्न पर्ने देखिन्छ । तर पनि कोरोना लाइ मुस्लिम समुदाय सङ्ग जोडि गरिएका प्रोपोगाण्डा प्रति हामी दुखित छौ ।

बि बि खराल नेकपा युवा नेता

प्रतिक्रिया दिनुहोस